कुवेत : कुवेत सरकारले एक जना महिला र एक जना पुरुषलाई देश निकाला (डिपोर्ट) गर्ने निर्णय गरेको छ ।
कम्पनीबाट तलब नपाएको भन्दै आन्दोलन गर्ने क्रममा पक्राउ परेका व्यक्तिलाई नेपाली महिलाले प्रहरीको गाडीको ढोका खोलेर प्रहरीको गाडीबाट भाग्न मद्दत गरेकी थिइन ।
कम्पनीमा आन्दोलन गर्न जम्मा भएका भीडलाई सुरक्षाकर्मीले कारबाही गर्न व्यस्त रहेका बेलामा नेपाली महिलाले प्रहरीको गाडीको ढोका खोलेर प्रहरीको गाडीबाट व्यक्ति लाई भाग्न सहयोग गरेकी हुन ।
प्रहरीले महिलासहित फरार व्यक्तिलाई पक्राउ गरिसकेको अरब टाईम्समा समाचार छ । कुवेतको सार्वजनिक कानून उलङ्घन गरेको आरोपमा गृह मन्त्रालयले दुवैलाई देश निकाला गर्ने निर्णय गरेको हो ।