कुवेत- चितवन सेवा समाज कुवेतले आगामी १७ मार्चमा छैठौं वार्षिकोत्सव तथा तेश्रो अधिवेशन गर्ने भएको छ ।
कुवेतको फर्वानियास्थित शेफ नौशाद रेस्टुरेन्टमा १७ मार्चमा छैठौं वार्षिकोत्सव तथा तेश्रो अधिवेशन गर्न लागिएको जनाएको छ । कुवेत नगरीमा सन् २०१६ मा 'अनेकतामा एकता, एकताको मन हाम्रो प्यारो चितवन' भन्ने मुल नारा साथ स्थापना भएको सस्थाले उल्लेखनीय मानवीय सेवा तथा सामाजिक कार्य गर्दै आएको छ ।
कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ संस्थाका प्रतिनिधि, पत्रकार, कलाकार, खेलाडी एवं बुद्धिजिविहरुलाई अधिवेशन समारोहमा उपस्थित भई कार्यक्रमको शोभा बढाईदिनको निम्ति समेत चितवन सेवा समाज कुवेतले अनुरोध गरेको छ । साथै उक्त दिन कुनै पनि कार्यक्रम नजुधाईदिन पनि अनुरोध गरेको छ ।
कार्यक्रम हुने मिति , स्थान र समय निम्न रहेको छ ।
मिति- १७ मार्च २०२३,शुक्रवार
स्थान - शेफ नौशाद रेस्टुरेन्ट फर्वानिया कुवेत।
समय- दिनको ११:०० बजे