Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाली दूतावास ओमानले अनलाइन भिडियो मार्फत पाचौँ संविधान दिवस मनायो

नेपाली दूतावास ओमानले अनलाइन भिडियो मार्फत पाचौँ संविधान दिवस मनायो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २, २०७७ शुक्रवार • १९:२८:४१ बजे
  • 2.0K
    SHARES
  • नेपाली दूतावास ओमानले अनलाइन भिडियो मार्फत पाचौँ संविधान दिवस मनायो
    ओमान / नेपाली दूतावास ओमानले अनलाइन भिडियो मार्फत पाचौँ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा अनलाइन मार्फत कार्यक्रम गरि सम्पन्न गर्‍यो । 

    पाचौँ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा ओमान तथा नेपालको राष्ट्रिय गानबाट शुरू भएको थियो ।  कार्यक्रममा नेपालबाट वरिष्ठ कलाकार श्री मदनकृष्ण श्रेष्ठ, सिस्नुपानी नेपालका अध्यक्ष श्री लक्ष्मण गाम्नागे, हास्य कलाकार श्री जीतु नेपाल, सुर सुधा सांगीतिक समूहकी कलाकार श्री सरस्वती खत्री, क्षमता विकास समाज नेपालकी कार्यकारी निर्देशक श्री निर्मला ज्ञवाली, सामाजिक अभियन्ता श्री निगम हुमागाईँ र ओमानबाट नेपाल भ्रमण वर्ष २०२० का सद्‍भावना दूतहरू गायक श्री हाइथम मोहम्मद रफी, सगरमाथा आरोही पहिलो ओमानी महिला श्री नादिरा अल हार्थी तथा समाजसेवी डा. श्री चिथ्रा नारायण लगायत एन आर एन एका प्रवक्ता श्री डि.बी.क्षेत्री एवं नेपाली सोसल क्लब ओमानका अध्यक्ष श्री सेवन्त पुर्जा र ओमानस्थित विभिन्न नेपाली संघ संस्थाका पदाधिकारी एवम् प्रतिनिधिहरू लगायत ओमानमा रहेका उपस्थिति रहेको थियो।कार्यक्रमका सहभागीहरूले संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै यस संविधानले सम्पूर्ण नेपालीहरूको आत्मसम्मान तथा भावनाको सम्बोधन गरेको विचार व्यक्त गरेका थिए । 


    कार्यक्रमको शुरुमा सम्बोधन गर्दै श्रद्धेय हास्य कलाकार श्री मदन कृष्ण श्रेष्ठले संविधानको भावना बमोजिम काम गर्दै अगाडि बढ्न सकेमा नेपालीहरूले चाहेको समृद्ध नेपालको लक्ष्य चाँडै प्राप्त हुने धारणा व्यक्त गर्नुभयो।
    कार्यक्रममा वरिष्ठ हास्यव्यंगकार श्री लक्ष्मण गाम्नागे र चर्चित कलाकार जीतु नेपालले आफ्नो प्रस्तुति मार्फत संविधान दिवस एवम् राष्ट्रिय दिवसमा सन्देश दिनुभयो।

    नियोगका द्बितीय सचिव श्री सोमेश थापाले संयोजन गरेको उक्त कार्यक्रममा महामहिम राजदूत श्री सर्मिला पराजुली ढकालज्यूले संविधान दिवस तथा राष्ट्रिय दिवसको सन्दर्भमा सम्पूर्ण नेपालीहरूलाई शुभकामना तथा अतिथिहरूलाई समयको लागि विशेष धन्यवाद व्यक्त गर्नु भएको थियो ।  कार्यक्रममा ओमानी गायक श्री हाइथम मोहम्मद रफिकले नेपाली गित गाएर कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउनुभएको थियो भने नेपाली गायिका श्री सरस्वती खत्रीले ओमानी गित गाएर ओमानप्रतिको सम्मान व्यक्त गर्नुभएको थियो।

    कार्यक्रममा विभिन्न सहभागीहरूले संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शुभकामना आदान प्रदान तथा आफ्नो रचनावाचन गर्नु भएको थियो।

    छोटो समयको सूचनाको माध्यमबाट कार्यक्रममा सहभागिता जनाउनु भइ करिब चार घण्टा धैर्यताका साथ सहभागिता जनाउनु भएकोमा सम्पूर्ण सहभागीहरू प्रति धन्यवाद ज्ञापन गर्दै दूतावासका महामहिम राजदूत श्री सर्मिला पराजुली ढकालज्यूले कार्यक्रमको समापन गर्नु भएको थियो।
    दूतावासको फेसबुक पेजबाट

  • सम्बन्धित विषय:

  • # प्रवास
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology