कुवेत - कुवेतमा नेपाली संघ-संस्थाहरु मध्य सबै भन्दा पुरानो संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लव, काठमाण्डौ-कुवेतले आगामी १७ मार्चमा 'माउण्ट एभरेष्ट फुटबल कप' प्रतियोगिता आयोजना गर्ने भएको छ ।
कुवेतको नेपाली समाजमा २४ वर्षदेखी स्थापित कुवेतको सबैभन्दा पुरानो नेपाली संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लव, काठमाण्डौ-कुवेतले बर्षेनी रुपमा सञ्चालन गर्दै आएको एम.बि बमजन मेमोरियल गोल्ड कप फुटवल टुर्नामेण्टलाई विविध प्राविधिक कारणवश अनिश्चित कालका लागि स्थगित गरेको जनाएको छ ।

क्लवले अन्तिम समयमा गोल्ड कप स्थगित हुँदा पर्न जाने असहजता र असुविधा प्रति सम्पूर्ण खेलाडी र खेलप्रेमी कुवेतवासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु समक्ष क्षमा याचना गर्दै, सो को बदला "माउण्ट एभरेष्ट कप" स्थापना गरि आफ्नो फुटवल आयोजनाको १९औं संस्करण तत्काल सम्पन्न गर्ने समेत जानकारी दिएको छ।
क्लवका अध्यक्ष आनन्द श्रेष्ठको अध्यक्षतामा गत शुक्रवार १७ फ्रेब्रुअरी २०२३ का दिन कुवेतको फर्वानियास्थित एभरेष्ट नेपाली रेस्टुरेन्टमा बसेको मासिक बैठकले आगामी १७ मार्च २०२३ शुक्रवारको दिन कुबेतको फाहाहिल सनैयास्थित सुकसवा फुटबल मैदानमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।
कुवेतस्थित सम्पूर्ण नेपाली फुटबल टिमहरुलाई टुर्नामेण्टमा सहभागी भई खेलको मनोरन्जन लिन अनुरोध गरेको छ भने टिम दर्ता र टाईसिटको लागि आगामी १० मार्च २०२३ शुक्रबार, महाबुल्लाको फुटबल मैदानमा बेलुकीसम्मको समय तोकेको छ। टिम दर्ता फि 'इन्ट्री फि' बारे चाँडै नै जानकारी दिने क्लवले बताएको छ।