Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तमू समाज कुवेतले 'सातौ वृहत रक्तदान' कार्यक्रम २८ अप्रिलमा संचालन गर्ने

तमू समाज कुवेतले 'सातौ वृहत रक्तदान' कार्यक्रम २८ अप्रिलमा संचालन गर्ने

चन्द्र गाेतामे

चन्द्र गाेतामे

फाल्गुण १२, २०७९ शुक्रवार • २१:२५:४६ बजे
  • 1.1K
    SHARES
  • तमू समाज कुवेतले 'सातौ वृहत रक्तदान' कार्यक्रम २८ अप्रिलमा संचालन गर्ने

    कुवेत - तमू समाज कुवेतले 'सातौ वृहत रक्तदान' कार्यक्रम आगामी २८ अप्रिल २०२३ शुक्रवारको दिन संचालन गर्ने भएको छ । 

    images

    'रक्तदान जीवन दान' भन्ने नारा सहित तमू समाजले कुवेतको सेन्ट्रल ब्लड बैंकको बिशेष सहयोगमा कुवेतस्थित जाब्रियाको सेन्ट्रल ब्लड बैंकमा रक्तदान कार्यक्रम गर्न लागेको हो । तमू समाज कुवेतले विगत २०१३ सालदेखी कुवेत नगरीमा वार्षिक सामुहिक खुल्ला रक्तदान कार्यक्रम संचालन गर्दै आएको छ । तमू समाज कुवेतले यो सातौ पटक बृहत रक्तदान कार्यक्रम संचालन गर्न लागेको  हो  । तमू समाज कुवेतले उपचारमा रगत आवश्यकता परेका धेरै बिरामीलाई रगत उपलब्ध गराई सकेको छ । 

    मानिसको शरीरमा भएको रगत दान नगरेपनि तीन महिनामा त्यो रगत त्यतिकै खेर जान्छ । त्यसैले खेर जाने रगत दान गर्दा कसैको ज्यान बच्न सक्छ । रक्तदान गरेजस्तो पुण्यको काम अरु केही हुँदैन । यदी रक्तदान नगरे आवश्यक व्यक्तिले कसरी रगत पाउँछन् । जीवन यापनको दौडानमा हुनसक्ने सम्भावित दुर्घटना या जुनसुकै कारणवश  शरीरमा रगतको कमी भई जिबन र मृत्‍युको दोसाँधमा अल्झिरहेका मनिसहरुको जीवन रक्षा गर्न मद्दत  पुग्ने भएकोले रक्तदानको धेरै महत्व छ । त्यसैले  हरेक वर्ष तमू समाज कुवेतले रक्तदान कार्यक्रम संचालन गर्दै आएको छ ।

    उक्त दिन हुने रक्तदान कार्यक्रममा स्वास्थ्यकर्मीहरूबाट रक्तदान गर्नु पूर्व रक्तदान केन्द्रमा सामान्य स्वास्थ्य परिक्षण पश्चात् मात्र रक्तदान गर्ने सकिने  छ । यस विशेष अवसरमा आयोजना हुने पवित्र कार्य (रक्तदान कार्यक्रम) मा स्वतः स्फूर्त सहभागिताका लागि समेत कुवेतमा कार्यरत नेपालीहरुलाई तमू समाज कुवेतले आग्रह गरेको छ ।
     
    रक्तदाताहरूले रक्तदान गर्नु भन्दा पहिले र गरे पस्चात ध्यान ढिनु पर्ने कुराहरू :

    रक्तदान गर्नु भन्दा पहिले 
१) साधारण पौष्टिक खाना खाने, भोको पेट हुनु हुन्न ।


    २) रक्तदान गर्नु पहिले प्रसस्त पानी पिउने ।


    ३) अघिल्लो रात प्रसस्त सुत्ने ।

    
४) आफ्नो परिचय पत्र (सिभिल आईडी वा पासपोर्ट कपी) साथमा लिएर जाने।

    रक्तदा गरी सके पस्चात् : 
१) केही हल्का खाजा खाने वा जुस पिउने ।

    
२) पानी वा जुस प्रसस्त पिउले ।

    
३) घेरै हिड्दुल नगरि केही बेर आराम गर्ने ।

    
४) कमसेकम रक्तदान गरेको २४ घण्टा सम्म भारी काम नगर्ने ।

    रक्तदान कार्यक्रमको मिति, समय र स्थान निम्न रहेको छ ।
मितिः शुक्रबार, २८ अप्रिल , 
    समय : मध्याह्न १२:०० बजे  
स्थानः सैन्ट्रल ब्लड बैंक, जाब्रिया, कुवेत सिटी ।

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology