Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अल मुजैनी एक्सचेन्ज कुवेत Best Foreign Exchange Provider 2022 अवार्डबाट सम्मानित

अल मुजैनी एक्सचेन्ज कुवेत Best Foreign Exchange Provider 2022 अवार्डबाट सम्मानित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १६, २०७९ मंगलवार • ००:३९:३७ बजे
  • 805
    SHARES
  • अल मुजैनी एक्सचेन्ज कुवेत Best Foreign Exchange Provider 2022 अवार्डबाट सम्मानित

    कुवेत - अल मुजैनी एक्सचेन्ज कुवेत कुवेतको वेष्ट फरेन एक्सचेन्ज प्रोभाइडर २०२२ -Best Foreign Exchange Provider 2022 अवार्डबाट सम्मानित भएको छ । 

    images

    कुवेत विजनेस ट्यालोइडले सो अवार्डबाट अल मुजैनी एक्सचेन्जलाइ सम्मानित गरेको हो । अलमुजैनी एक्सचेन्जले वर्ष २०२२ भरि प्रदान गरेको उत्कृष्ट रेमिट्यान्स सेवाको लागि कुवेत वेष्ट फरेन एक्सचेन्ज प्रोभाइडर २०२२ -Best Foreign Exchange Provider 2022 अवार्डबाट सम्मान गरेको जनाइएको छ ।

    095DBB69-0FD0-4F79-A1DC-C79954086F6C.jpeg

    अलमुजैनी एक्सचेन्जको कुवेतको पुरानो तथा उत्कृष्ट कम्पनी मानिन्छ । विदेशी मुद्रा स्थानान्तरणको क्षेत्रमा सबैभन्दा बढि कारोबार गर्न सफल अल मुजैनी एक्सचेन्जले अाफ्ना १२६ भन्दा बढि शाखाहरू तथा २५ भन्दा बढि सेल्फ सर्भिस मेसिनहरूमार्फत सेवाग्राहीहरूलाइ सेवा दिदै अाएको छ ।

    यो अवार्ड प्राप्त गरेपछि अल मुजैनी एक्सचेन्जका महाप्रवन्धक ह्युज फर्नान्डिजले प्रतिकृया दिंदै अल मुजैनी एक्सचेन्ज कुवेतको नम्बर १ एक्सचेन्ज कम्पनी भएको यो अवार्डले नै प्रमाणित गर्दछ भने । सन १९४२ देखि एक्सचेन्ज सेवा प्रदान गर्दै अाएको अल मुजैनी एक्सचेन्जले सेवाग्राहीलाइ प्रदान गरेको गुणस्तरीय सेवाको प्रतिफल स्वरूप यस प्रकारको सम्मान प्राप्त गर्दै अाएको उनले बताए ।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology