Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

२६ वर्षीय युवकको पेटमा रक्सीको बोतल ! डाक्टर नै आश्चर्यमा

२६ वर्षीय युवकको पेटमा रक्सीको बोतल ! डाक्टर नै आश्चर्यमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २३, २०७९ मंगलवार • १०:३९:१८ बजे
  • 532
    SHARES
  • २६ वर्षीय युवकको पेटमा रक्सीको बोतल ! डाक्टर नै आश्चर्यमा

    अस्पतालमा उपचारका लागि पुगेका एक युवकको पेटमा सिसाको बोतल भेटिएको छ । चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा चिकित्सकले शल्यक्रिया गरी ती युवकको पेटबाट बोतल निकालिदिएका हुन् ।

    images

    रौतहटको गुजरा नगरपािलका-९, अमतबा टोलका २६ वर्षीय नुर्साद मन्सुरीको पेटभित्र बोतल भेटिएको हो । पुरानो मेडिकल कलेजका डा. नारायण बेलबासे नेतृत्वको टोलीले सोमबार बिहान शल्यक्रिया गरी मन्सुरीको बोलत निकालिदिएका हुन् ।

    चिकित्सकका अनुसार मन्सुरीलाई आइतबार बिहान अचानक पेट दुखेपछि उनका बुवा नेवाजी मन्सुरीले स्थानीय क्लिनिकबाट औषधि किनेर खुवाए तर ठीक भने भएन । मुन्सरीको पेट निकै दुख्न थालेपछि उनलाई उपचारका लागि चन्द्रपुर अस्पतालमा भर्ना गराईएको थियो । अस्पतालले तत्कालै पेटको एक्सरे गरायो ।

    रिपोर्टमा पेटभित्र सिंगो रक्सीको बोतल देखेपछि चिकित्सक नै आश्चर्यमा परे । र, उनीहरुले थप उपचारका लागि भरतपुर रिफर गरे । पुरानो मेडिकल कलेजमा सबै चेकजाँचपछि त्यहाँ पनि उनको पेटमा सिसाको बोतल नै देखिएपछि डा. नारायण बेलबासे नेतृत्वको टोलीले शल्यक्रिया गरी बोतल निकालेको हो ।

    करिब अढाई घण्टामा शल्यक्रिया गरेर बोतल निकालेको डा. बेलबासेको भनाई छ । ‘शल्यक्रिया भएको डेढ/दुई घण्टापछि बिरामी होसमा आइसकेका छन् । उनी अहिले कुराकानी गर्न सक्छन्’, उनले भनेका छन् । बोतलले आन्द्रा प्वाल पार्नुका साथै पेट फुलिएको र इन्फेक्सन फैलिसकेको उनले बताए ।

    उनका अनुसार शल्यक्रिया गरेर हेर्दा बोतल माथि ठूलो आन्द्रामा फसेको पाइएको छ । प्वाल बनाएर पेटभित्र निस्किसकेको उनको भनाई छ ।

  • सम्बन्धित विषय:

  • # डाक्टर नै आश्चर्यमा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology