Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

किरात राई यायोक्खा कुवेतको तेश्रो अधिवेशन १७ मार्चमा कोहिनोर होटल फाहाहिलमा हुने 

किरात राई यायोक्खा कुवेतको तेश्रो अधिवेशन १७ मार्चमा कोहिनोर होटल फाहाहिलमा हुने 

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २३, २०७९ मंगलवार • १६:२६:५१ बजे
  • 1.6K
    SHARES
  • किरात राई  यायोक्खा  कुवेतको तेश्रो अधिवेशन १७ मार्चमा कोहिनोर होटल फाहाहिलमा हुने 

    कुवेत - किरात राई यायोक्खा कुवेतको तेश्रो  अधिवेशन १७ मार्च शुक्रवारको दिन फाहाहिलस्थित कोहिनोर इन्टरनेशनल होटलमा हुने भएको छ ।

    images

    कुवेतको नेपाली समाजमा सक्रिय रुपमा रहेको  जातीय सस्था किरात राई यायोक्खा कुवेत "भाषा धर्म संस्कार र संस्कृतिको  संरक्षण, किरात राईहरुको साझा अभियान” भन्ने मुल नाराका साथ सन २०१४ मा स्थापना भएको हो । यस सस्थाले उल्लेखनीय मानवीय सेवाका कार्यहरु गर्नुको साथै कुवेतमा रहेका संघ-सस्था संग हातेमालो गर्दै आएको छ ।

    किरातराई जातिहरुको जातिय संस्था किरात राई यायोक्खा कुवेतले फाहाहिल स्थित कोहिनोर इन्टरनेशनल होटलमा बिभिन्न सांस्कृतिक झाँकी र स्थानिय कलाकारहरुको बेजोड सांगीतिक  प्रस्तुतिका साथ अधिवेशन गर्न लागिएको अध्यक्ष मन्जित चाम्लिङ राईले जानकारी दिए ।


    कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ संस्थाका प्रतिनिधि, पत्रकार, कलाकार, खेलाडी एवं बुद्धिजिविहरुलाई अधिवेशन समारोहमा उपस्थित हुनको लागि आयोजकले  अनुरोध गरेको छ ।

    कार्यक्रमको विवरण
    मिती : १७ मार्च २०२३, शुक्रवार 
    समय : बिहानको ठिक ११ बजे 
    स्थान: कोहिनोर इन्टरनेशनल होटल
    फाहाहिल सनैया, कुवेत

  • सम्बन्धित विषय:

  • # होटल फाहाहिलमा हुने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology