Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपाल कुवेत सांस्कृतिक मञ्चको १४ औं वार्षिकोत्सव तथा २१ औं सांस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा 

नेपाल कुवेत सांस्कृतिक मञ्चको १४ औं वार्षिकोत्सव तथा २१ औं सांस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा 

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २३, २०७९ मंगलवार • १९:४६:१७ बजे
  • 1.2K
    SHARES
  • नेपाल कुवेत सांस्कृतिक मञ्चको १४ औं वार्षिकोत्सव तथा २१ औं सांस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा 

    कुवेत - नेपाल कुवेत सांस्कृतिक मञ्चको १४ औं वार्षिकोत्सव तथा २१ औं सांस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ ।

    images

    कुवेतको जलिबस्थित पपिन्स हल अब्बासीयामा यही १० मार्च २०२३ शुक्रवारका दिन आयोजना गर्न लागिएको नेपाल कुवेत सांस्कृतिक मञ्चको १४ औं वार्षिकोत्सव तथा २१ औं सांस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको प्रवक्ता प्रसाद तिमिल्सिनाले जानकारी दिएका छन  ।

    कुवेतको सबैभन्दा पुरानो सांस्कृतिक संस्था नेपाल कुवेत सांस्कृतिक मञ्चको १४ औं वार्षिकोत्सव तथा २१ औं सांस्कृतिक कार्यक्रममा लाईभ दोहोरीका साथमा स्थानीय कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुति रहने छ । नेपाल कुवेत सांस्कृतिक मञ्चले 'हाम्रो संस्कृति हाम्रो पहिचान' भन्ने मुल नारालाई आत्मसात् गर्दै नेपाली कला र संस्कृतीको जगेर्ना गर्न तथा प्रवासमा निरन्तर काममा व्यस्त हुने गीत संगीत प्रेमी नेपालीहरुका लागि सांगीतिक मनोरन्जन भरपूर रुपमा प्रदान गर्न हरेक वर्ष नेपालबाट चर्चित अतिथि कलाकार लिएर साँस्कृतिक कार्यक्रम गर्दै आएको छ । 

    कुवेतमा कृयाशिल विभिन्न संघ - सस्था, समाजसेवी, बुद्दीजिवी, भद्रभलाड्मी, व्यवसायी, पत्रकार, कलाकार लगायत नेपाली दाजुभाई तथा दिदिबहिनी लाई आयोजकले पत्राचार गरि सकिएको जनाएको छ । यदी कुनै कारणवश पत्र प्राप्त नभएको खण्डमा यसै समाचारलाई आधार मानी उपस्थित भई कार्यक्रमको शोभा बढाई दिन आयोजकले अनुरोध गरेको छ ।

    कार्यक्रमको विवरण 
    मिति:   १० मार्च २०२३ शुक्रबार 
    स्थान:  पपिन्स हल अब्बासिया (ब्लक ४, स्ट्रीट ५, युनाइटेड इन्डियन स्कुलको नजिक)
    समय:  दिनको ठिक ०१ बजेदेखी 
    आयोजक: नेपाल कुवेत सांस्कृतिक मञ्च

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology