Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतको तेश्रो अधिवेशन मंगाफको मेमोरिस हलमा १७ मार्चमा हुने 

म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतको तेश्रो अधिवेशन मंगाफको मेमोरिस हलमा १७ मार्चमा हुने 

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २४, २०७९ बुधवार • १६:३८:४९ बजे
  • 1.1K
    SHARES
  • म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतको तेश्रो अधिवेशन मंगाफको मेमोरिस हलमा १७ मार्चमा हुने 

    कुवेत - म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतको तेश्रो अधिवेशन तथा चौथों वार्षिकोत्सव माङ्गाफस्थित मेमोरिस हलमा १७ मार्चमा हुने भएको छ ।

    images

    म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतले तेश्रो अधिवेशन तथा चौथों वार्षिकोत्सव साथमा  विविध सांस्कृतिक कार्यक्रम मङ्गाफस्थित मेमोरिस हलमा गर्न लागिएको महासचिब तेजिद्र श्रेष्ठले जानकारी दिए ।

    म्याग्दी जिल्लाबाट रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत म्याग्देलीहरुको साझा सस्था मोना कुवेतको स्थापना सन् २०१८ मा भएको थियो  । 'प्रवासी म्याग्देलीहरुको भावना समृद्ध म्याग्दी हाम्रो चाहना' भन्ने मुल नाराका साथ स्थापना भएको मोना कुवेतले उल्लेखनीय मानवीय सेवाका कार्यहरु गर्नुको साथै कुवेतमा रहेका विभिन्न संघ संस्था संग हातेमालो गर्दै आएको छ ।

    कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ संस्थाका प्रतिनिधि, पत्रकार, कलाकार, खेलाडी एवं बुद्धिजिविहरुलाई अधिवेशन समारोहमा उपस्थित भई कार्यक्रमको शोभा बढाईदिनको लागि मोना कुवेतले अनुरोध गरेको छ । 

    कार्यक्रमको विवरण 
    मिति : १७ मार्च २०२३ ( शुक्रवार )
    समय : दिनको ठिक १२ बजे 
    स्थान : मङ्गाफ, मेमोरिस हल, कुवेत

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology