Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

विवादमा गैरआवासीय नेपाली सोसल क्लब ,विधानको मर्म विपरित एनआरएनए दर्ता गरिएकोमा ओमानका संघ संस्थाको आपत्ति

विवादमा गैरआवासीय नेपाली सोसल क्लब ,विधानको मर्म विपरित एनआरएनए दर्ता गरिएकोमा ओमानका संघ संस्थाको आपत्ति

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ३०, २०७९ मंगलवार • १९:४७:२५ बजे
  • 775
    SHARES
  • विवादमा गैरआवासीय नेपाली सोसल क्लब ,विधानको मर्म विपरित एनआरएनए दर्ता गरिएकोमा ओमानका संघ संस्थाको आपत्ति

    गैरआवासीय नेपाली संघ ओमानको नाममा ‘नेपाली सोसियल क्लब’ नाम रहने गरि संस्था दर्ता गर्ने सहमति विपरित संस्था दर्ता गरिएको भन्दै ओमानमा रहेका नेपाली संघ संस्थाले आपत्ति जनाएका छन् । खासमा ओमानमा दर्ता भएको नाम नेपाली सोसियल क्लब हो तर ओमानको एन आर एनले नामको अगाडि गैरआवासीय नेपाली सोसियल क्लब लगाउने गरेको छ । 

    images


    हामिले केही त्यहाँका समाजिक ब्याक्तित्व संग यश बारेमा बुझ्ने प्रयास गरेका थियौ । खास नाम के हो भनेर नाम न खुलाउने सर्तमा एक जनाले भन्नू भयो । ओमानमा दर्ता भएको नाम नेपाली सोसियल क्लब हो। नेपाली दूतावासले हरेक कार्यक्रममा नेपाली सोसियल क्लब भनेर सम्बोधन गरेको हामिले पाएका छौ तर एनआरएनए ओमानका साथीहरूले गैरआवासीय नेपाली सोसियल क्लब भन्नू हुन्छ । यो अलि बुझी नसक्नुको कुरा छ, सायद अब छिट्टै यो विषयमा नेपाली दूतावासले छिनोफानो गर्ने छ भन्नू भयो ।

    ओमनस्थित नेपाली दुतावास र विभिन्न संघ संस्थाहरूबीच सुरुदेखिनै बिगतमा भएको साझा सहमतिबाट ‘नेपाली सोसियल क्लब’ नाम रहने गरि ओमनमा क्लब दर्ता गर्ने सहमतिलाई वेवास्ता गर्दै एकतर्फी ढङ्गबाट संघले आफ्नै संस्थाको बिधानको मर्म विपरित गैरआवासीय नेपाली सोसियल क्लब नाम प्रयोग गरेको दूतावासमा बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।

    ‘सोहि बिषयलाई लिएर गत २ अगस्ट २०१७ का दिन राजदुतावास मै अन्य नेपाली सामाजिक संघ–संस्थाहरुबिच भएको छलफल तथा सहमति अनुसार तत्काल संयुक्त बैठक बस्ने र सबैलाई समेटने गरि “नेपाली सोसियल क्लब” गराउने सहमति भएको थियो त्यही अनुरुप २ सेप्टेम्बर २०१७ मा सयूक्त बैठक बस्यो तर गैरआवासीय नेपाली संघ ओमनले एकतर्फी रुपले गएकोले कुनै सहमति हुन सकेन ।’ ज्ञापनपत्रमा उल्लेख छ ।

    सुद्ध नेपाली सोसल क्लबको विकल्प नरहेको भनि पटकपटक आवाज उठाएको तथा ज्ञापनपत्र र बिभिन्न समयमा सहमति सहकार्य भएतापनि हालको मितिसम्म कार्यान्वयन नगरिएको प्रति नेपाली दुतावास लगायत सम्बन्धित सबैप्रति पछिल्लो समय थप ससंकित बनाएको पनि विज्ञप्तिमा बताइएको छ ।

    ‘नेपाली सोसल क्लब भनेको यहाँको स्थानीय कानुन मुताबिक दर्ता भएको बैधानिक सस्था वा आम नेपाली÷मजदुरहरुले आफ्नो सस्थाको महसुस गर्न पाउनुपर्ने सस्थाको रुपमा बिकसित र क्रियाकलाप हुनुपर्नेमा निर्बिबाद छौ । तसर्थ बिगतका पटकपटक गरिएका छलफल सहमति र समग्र नेपाली अटाउने खालको “नेपाली सोसियल क्लब” नामले कार्यान्वयन सहित त्यसको बैधानिक मान्यता भाबना मर्म तथा एक स्वतन्त्र संगठनको रुपमा संचालन गर्न\गराउन हुन् वा उक्त प्रकृया तत्काल अघि बढाई गैरआवासीय नेपाली संघबाट छुटाई नेपाली सोसल क्लब बनाउन नेपाली राजदुतावाससमक्ष जोडदार माग सहित संयुक्त, ज्ञापनपत्र पेश गरेका छौं ।’ ज्ञापनपत्रमा भनिएको छ ।
     

    नेपाली जनसम्पर्क समिति ओमनका शालिकराम चापागाई प्रवासी नेपाली मञ्च ओमनका रामकुमार आचार्य ( रन्जित) नेपाली जनप्रगतिशील मञ्च ओमनका उमेश बि.क, प्रवासी नेपाली एकता मञ्च ओमानका लिलानाथ कोइराला , ओमान नेपाली एकता समाजका छबिलाल बस्नेत र विवेकशील पार्टी ओमानका राजेन्द्र सिल्वालले दूतावासमा ज्ञापनपत्र बुझाएका हुन् ।

    77.JPG

     

    महामहिम राजदुत ज्यु                                                                                मिती:-06/03/2023 
    नेपाली राजदूतावास,
    मस्कट ओमान ।
                                     
    विषय :- संयुक्त ज्ञापन पत्र l 

               उपरोक्त बिषयमा ओमन स्थित नेपाली राजदुतावास र विभिन्न संघ संस्थाहरूबीच सुरुदेखिनै बिगतमा भएको साझा सहमतिबाट नेपाली सोसियल क्लब नाम रहने गरि ओमनमा क्लब दर्ता गर्न भएको सहमतिलाई समेत वेवास्ता गर्दै एकतर्फी ढङ्गबाट गैर आवासीय नेपाली संघ ओमानले आफ्नै संस्थाको बिधानको मर्मको  आधारमा गैर आवासीय नेपाली सोसियल क्लब नामक संस्था दर्ता भएको खुल्न आएको र सो बिषयलाई लिएर गत २ अगस्ट २०१७ का दिन राजदुतावास मै अन्य नेपाली सामाजिक संघ–संस्थाहरुबिच भएको छलफल तथा सहमति अनुसार तत्काल संयुक्त बैठक बस्ने र सबैलाई समेटने गरि “नेपाली सोसियल क्लब” गराउने सहमति भएको थियो त्यही अनुरुप २ सेप्टेम्बर २०१७ मा सयूक्त बैठक बस्यो तर गैर आवासीय नेपाली संघ ओमनले एकतर्फी रुपले गएकोले कुनै सहमति हुन सकेन l र सुद्ध नेपाली सोसल क्लबको  विकल्प नरहेको भनि पटकपटक आवज ज्ञापनपत्र तथा बिभिन्न समयमा सहमति सहकार्य भएतापनि हालको मिति सम्म कार्यन्वयन नगरिएको प्रति नेपाली दुतावास लगायत सम्बन्धित सबैप्रति पछिल्लो समय थप ससंकित बनाएको छ l नेपाली सोसल क्लब भनेको यहाको स्थानीय कानुन मुताबिक दर्ता भएको बैधानिक सस्था वा आम नेपाली/मजदुरहरुले आफ्नो सस्थाको महसुस गर्न पाउनुपर्ने सस्थाको रुपमा बिकसित र क्रियाकलाप हुनुपर्नेमा निर्बिबाद छौ l तसर्थ बिगतका पटकपटक गरिएका छलफल सहमति र समग्रह नेपाली अटाउने खालको “नेपाली सोसियल क्लब” नामले कार्यन्वयन सहित त्यसको बैधानिक मान्यता भाबना मर्म तथा एक स्वतन्त्र संगठनको रुपमा संचालन गर्न गराउन हुन् वा उक्त प्रकृया तत्काल अघि बढाई गैर आवासीय नेपाली संघबाट छुटाई नेपाली सोसल क्लब बनाउन नेपाली राजदुतावाससमक्ष तपसिलका सम्पूर्ण संघ सस्थाहरु जोडदार माग सहित संयुक ज्ञापनपत्र पेश गरेका छौं ।
                                                     हार्दिक धन्यवाद सहित तपसिल ।

    नेपाली जनसम्पर्क समिति ओमन               प्रवासी नेपाली मञ्च ओमन            नेपाली जनप्रगतिशील मञ्च ओमन 
          शालिकराम चापागाई                    रामकुमार आचार्य (रन्जित)                    उमेश बि.क.

     

     

    प्रवासी नेपाली एकता मञ्च ओमान                   ओमान नेपाली एकता समाज            विवेकशील पार्टी ओमान
          लिलानाथ कोइराला                                           छबिलाल बस्नेत                      राजेन्द्र सिल्वाल

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology