Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मोना कुवेतको तेश्रो अधिवेशन तथा चौथो वार्षिकोत्सवको तयारी पूरा

मोना कुवेतको तेश्रो अधिवेशन तथा चौथो वार्षिकोत्सवको तयारी पूरा

चन्द्र गाेतामे

चन्द्र गाेतामे

चैत्र २, २०७९ बिहिवार • ००:३७:१० बजे
  • 1.8K
    SHARES
  • मोना कुवेतको तेश्रो अधिवेशन तथा चौथो वार्षिकोत्सवको तयारी पूरा

    कुवेत - म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतको तेश्रो अधिवेशन तथा चौथों वार्षिकोत्सव समारोहको सम्पूर्ण तयारी पूरा भएको छ । 

    images

    म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतले तेश्रो अधिवेशन तथा चौथों वार्षिकोत्सव साथमा  विविध सांस्कृतिक कार्यक्रम १७ मार्च शुक्रवारको दिन मङ्गाफस्थित मेमोरिस हलमा आयोजना गर्न लागिएको कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको महासचिब तेजिद्र श्रेष्ठले जानकारी दिएका छन । 

    म्याग्दी जिल्लाबाट रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत म्याग्देलीहरुको साझा सस्था मोना कुवेतको स्थापना सन् २०१८ मा भएको थियो  । 'प्रवासी म्याग्देलीहरुको भावना समृद्ध म्याग्दी हाम्रो चाहना' भन्ने मुल नाराका साथ स्थापना भएको मोना कुवेतले उल्लेखनीय मानवीय सेवाका कार्यहरु गर्नुको साथै कुवेतमा रहेका विभिन्न संघ संस्था संग हातेमालो गर्दै आएको छ ।

    कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ संस्थाका प्रतिनिधि, पत्रकार, कलाकार, खेलाडी एवं बुद्धिजिविहरुलाई अधिवेशन समारोहमा उपस्थितिका  लागि निमन्त्रणा गरिसकिएको जनाएको छ । यदी कुनै कारणवश निमन्त्रणा प्राप्त नभएको भए यसै समाचारलाई आधार मानी  कार्यक्रममा उपस्थितिको लागि  मोना कुवेतले अनुरोध गरेको छ । 

    कार्यक्रमको विवरण 
    मिति : १७ मार्च २०२३ ( शुक्रवार )
    समय : दिनको ठिक १२ बजे 
    स्थान : मङ्गाफ, मेमोरिस हल, कुवेत
    आयोजक : म्याग्दी प्रवासी नेपाली संघ (मोना)   कुवेत

  • सम्बन्धित विषय:

  • # म्याग्दी
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology