Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

किरात राई यायोक्खा कुवेतको तेश्रो अधिवेशनको तयारी पूरा

किरात राई यायोक्खा कुवेतको तेश्रो अधिवेशनको तयारी पूरा

चन्द्र गाेतामे

चन्द्र गाेतामे

चैत्र २, २०७९ बिहिवार • ००:३९:४९ बजे
  • 1.3K
    SHARES
  • किरात राई यायोक्खा कुवेतको तेश्रो अधिवेशनको तयारी पूरा

    कुवेत - किरात राई यायोक्खा कुवेतको १७ मार्च शुक्रवारको दिन फाहाहिलस्थित कोहिनोर इन्टरनेशनल होटलमा हुने तेश्रो अधिवेशनको सम्पूर्ण तयारी भएको अध्यक्ष मन्जित राईले जानकारी दिएका छन ।

    images

    कुवेतको नेपाली समाजमा सक्रिय रुपमा रहेको  जातीय संस्था किरात राई यायोक्खा कुवेत "भाषा धर्म संस्कार र संस्कृतिको  संरक्षण, किरात राईहरुको साझा अभियान” भन्ने मुल नाराका साथ सन २०१४ मा स्थापना भएको थियो । यस सस्थाले उल्लेखनीय मानवीय सेवाका कार्यहरु गर्नुको साथै कुवेतमा रहेका संघ-सस्था संग हातेमालो गर्दै आएको छ ।

    किरातराई जातिहरुको जातिय संस्था किरात राई यायोक्खा कुवेतले फाहाहिल स्थित कोहिनोर इन्टरनेशनल होटलमा बिभिन्न सांस्कृतिक झाँकी र स्थानिय कलाकारहरुको बेजोड सांगीतिक  प्रस्तुतिका साथ अधिवेशन गर्न लागिएको अध्यक्ष मन्जित चाम्लिङ राईले जानकारी दिए ।

    कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ संस्थाका प्रतिनिधि, पत्रकार, कलाकार, खेलाडी एवं बुद्धिजिविहरुलाई निमन्त्रणा गरि सकिएको जनाएको छ । यदी कुनै कारणवश निमन्त्रणा प्राप्त नभएको भए यसै समाचारलाई आधार मानी अधिवेशन समारोहमा उपस्थित हुनको लागि आयोजकले  अनुरोध गरेको छ ।

    कार्यक्रमको विवरण
    मिती : १७ मार्च २०२३, शुक्रवार 
    समय : बिहानको ठिक ११ बजे 
    स्थान: कोहिनोर इन्टरनेशनल होटल
    फाहाहिल सनैया, कुवेत

  • सम्बन्धित विषय:

  • # प्रवास
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology