Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

मोना कुवेतको तेश्रो अधिवेशन सम्पन्न, नेतृत्वमा दिपक छन्त्याल (फोटो फिचर)

मोना कुवेतको तेश्रो अधिवेशन सम्पन्न, नेतृत्वमा दिपक छन्त्याल (फोटो फिचर)

चन्द्र गाेतामे

चन्द्र गाेतामे

चैत्र ४, २०७९ शनिवार • ०१:५५:३० बजे
  • 904
    SHARES
  • मोना कुवेतको तेश्रो अधिवेशन सम्पन्न, नेतृत्वमा दिपक छन्त्याल (फोटो फिचर)

    कुवेत - म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतको तेश्रो अधिवेशन तथा चौथों वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न भएको छ । तेश्रो अधिवेशन बाट अध्यक्ष पदमा सर्वसम्मत दिपक छन्त्याल निर्वाचित भएका छन ।

    images

    14A87503-B033-4A43-870C-9DE21B49028E.jpeg
    कुवेतको मङ्गाफस्थित मेमोरिस हलमा  १७ मार्च शुक्रवारको दिन अध्यक्ष मान बहादुर फगामीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।  त्यसैगरी विशिष्ट अतिथिमा गैर आवासी नेपाली संघ आईसीसी सदस्य हरी लावती, गैर आवासीय नेपाली संघ समन्वय परिषद्  कुवेतका अध्यक्ष रणध्वज लामा,  नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका उपाध्यक्ष राज मल्ल लगायतको  थियो भने अतिथिमा कुवेतमा कृयाशिल विभिन्न संघ सस्थाका प्रतिनिधि , पत्रकार कलाकार लगायत थिए । कार्यक्रम संचालन महासचिब तेजेन्द्र श्रेष्ठले गरेका थिए भने स्वागत मन्तव्य बरिष्ठ उपाध्यक्ष  नन्द बहादुर बरुवालले दिएका थिए ।

    420FFD77-CB2F-4BD6-8211-FD4863C916D2.jpeg
    कार्यक्रममा राष्ट्रिय गान पश्चात्  सभापति, प्रमुख अतिथि, विशिष्ट लगायले पानसमा दिप प्रज्वलन र केक काटेर कार्यक्रमको उद्घाटन गरिएको थियो । प्रमुख अतिथिको कार्यव्यस्तताले  गर्दा  उद्घाटन पश्चात् शुभकामना मन्तव्य दिदै प्रवासमा रहेर पनि कार्यव्यस्तताको बाबजुद पनि नेपाली श्रमिकका हरेक दुख सुखमा साथ, सहयोग र जिल्लामा समेत मानवीय सेवाका कार्यमा सहयोग गरेको भन्दै प्रशंसा गरेका थिए । साथै कुवेतमा नयाँ नेपाली दाजुभाई तथा दिदिबहिनीहरु आईरहेका हुदाँ सस्थागत रुपमा उनीहरुलाई कुवेतमा कार्यरत रहदा के गर्न हुन्छ, के गर्न हुन्न भन्ने बारेमा सचेत गराउन समेत आग्रह गरेका थिए । त्यसैगरी विशिष्ट अतिथि, अतिथिहरुले शुभकामना मन्तव्य दिदै कुवेतको नेपाली संघ सस्था मध्य मोना कुवेत पनि निकै सकृय रहेको भनी प्रशंसा गरेका थिए । सस्थाको प्रतिवेदन उपाध्यक्ष चन्द्र गोतामेले प्रस्तुत गरेका थिए । निर्वाचन मण्डलले पुरानो कार्यसमिति भङ्ग गरी नयाँ कार्यसमिति  चयन गरेको थियो । 

    4129A3A5-3467-4CF6-B614-0F6B2A6E21B5.jpeg
    कार्यक्रममा प्रमुख अतिथि महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीलाई दोसल्ला ओढाएर मायाको चिनोले सम्मान गरिएको थियो । त्यसैगरी सस्थामा उच्च योगदानको कदर गर्दै अध्यक्ष मान बहादुर फगामी, वरिष्ठ  उपाध्यक्ष  नन्द  बहादुर बरुवाल र उपाध्यक्ष चन्द्र गोतामेलाई दोसल्ला ओढाएर सम्मान पत्र सहित सम्मान गरिएको थियो । सस्थाले कलाकार तथा अन्य सहयोगीदातहरु लाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा नृत्य प्रस्तुत साथै कलाकारहरुले लाईभ लोक दोहोरी गाउँदा माहोल निकै रमाईलो भएको थियो । कार्यक्रममा स्वादिष्ट खानाका परिकार समेत उपलब्ध गराईएको थियो । अन्त्यमा नव निर्वाचित अध्यक्ष दिपक छन्त्यालले केही भिजनहरु प्रस्तुत गर्दै कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद प्रकट गर्दै कार्यक्रम समापन गरेका थिए ।

    3533F7A8-49AE-4531-810B-78869A86C03F.jpeg
    मोना कुवेतको २०२३ ~ २०२५ को कार्यसमिति : 

     १, सस्थापक  संरक्षक श्री प्रेम बहादुर विश्वकर्मा                 
    २, प्रमुख संरक्षक श्री मान बहादुर फगामी                  
    ३, संरक्षक श्री मोहन प्रसाद बरुवाल                        
    ४, प्रमुख सल्लाहकार श्री चन्द्र गोतामे                
    ५, सल्लाहकार श्री शेर बहादुर सुनार                
    ६, सल्लाहकार  श्री   खिम गिरि                                      

    कार्यसमितिहरु                                                    

    १, अध्यक्ष श्री दिपक छन्त्याल                                
    २, बरिष्ठ उपाध्यक्ष श्रीमति आसा बस्याल                
    ३, उपाध्यक्ष श्री तेजिन श्रेष्ठ                              
    ४, उपाध्यक्ष श्री बाबुराम गौतम                          
    ५, उपाध्यक्ष श्री अर्जुन चोखाल                              
    ६, महिला उपाध्यक्ष शुश्री निर्मला पुन                
    ७, महासचिब श्री बिमल पुन                              
    ८, कोषाध्यक्ष श्री तार्जन पुन                                  
    ९, सचिब श्री सुबास सापकोता                              
    १०, प्रबक्ता श्री अङकित गैरे                                    
    ११,सह-कोषाध्यक्ष श्रीमती गौउ देबि फगामी                                                                  १२, सह- सचिब श्री झलक श्रीपालि                  
    १३, उप-सचिब श्रीमती मन देबि गुरुङ                    
    १४, युबा संयोजक श्री चुन बहादुर रोका                
    १५, खेलकुद प्रमुख श्री नबिन थापा                        
    १६, खेलकुद उपप्रमुख श्री नारायण थापा                
    १७, तिम म्यानेजर श्री लिल बहादुर रोका                
    १८, सदस्य श्री भक्त हर्मेल                                  
    १९, सदस्य श्री प्रेम बहादुर पुर्जा                          
    २०, सदस्य श्रीमती गिता देबि रोका                      
    २१, सदस्य श्रीमती बिष्णु पाइजा                        
    २२, सदस्य श्री हर्क बहादुर रोका                        
    २३, सदस्य श्री बिसाल थापा                                  
    २४, सदस्य श्री निर्मल पुन                                        
    २५, सदस्य श्री ओम प्रकास पुन                              
    २६, सदस्य श्री चिबिन घर्ति                                    
    २७, सदस्य श्री खिम बहादुर छन्त्याल                      
    २८, सदस्य श्री सोम श्रीष                                    
    २९, सदस्य श्री राम बहादुर बिक                            
    ३०, सदस्य श्री पारस फगामी                                
    ३१, सदस्य श्री बिजय हर्मेल                                  
    ३२, सदस्य श्री गोकुल बुदाथोकी                          
    ३३, सदस्य श्री मनजित गैरे

     

    D1AB487D-A8F0-4B58-A1DA-422AA51FB770.jpegB642860D-B207-41FE-A485-FFE7F5874D4C.jpeg

  • सम्बन्धित विषय:

  • # प्रवास
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology