Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

किरात राई यायोक्खा कुवेतको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा उमेश राई निर्वाचित

किरात राई यायोक्खा कुवेतको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा उमेश राई निर्वाचित

चन्द्र गाेतामे

चन्द्र गाेतामे

चैत्र ४, २०७९ शनिवार • २०:४०:४९ बजे
  • 1.8K
    SHARES
  • किरात राई यायोक्खा कुवेतको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा उमेश राई निर्वाचित

     कुवेत - किरात राई यायोक्खा कुवेतको तेश्रो अधिवेशनले अध्यक्षमा उमेश राईलाई सर्वसम्मत निर्वाचित  गर्दै भव्यताका साथ सम्पन्न भएको छ । सन् २०१४ मा अमित चाम्लिङ राईको अध्यक्षमा गठन गरिएको किराया कुवेतले नवौ वर्ष टेक्दै गर्दा सम्पन्न तेश्रो अधिवेशनले ५९ कार्यसमिति चयन गरेको छ ।

    images

    EE901E8F-6CF5-44EB-8180-AF85CBFC7634.jpeg
    कुवेतको सनैया स्थित कोहिनुर इन्टरनेशनल होटलमा अध्यक्ष मन्जित चाम्लिङ राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो। त्यसैगरी विशिष्ट अतिथिमा किराया कुवेतका संस्थापक संरक्षक तथा गैरआवासी नेपाली संघ मध्यपुर्व उप-संयोजक अमित चाम्लिङ राई, आईसीसी सदस्य हरी लावती, गैर आवासीय नेपाली संघ समन्वय परिषद कुवेतका अध्यक्ष रणध्वज लामा,  नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका उपाध्यक्ष राज मल्ल, आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ, मगर संघ कुवेत, तमु समाज कुवेत, नेपाल तामाङ घेदुङ, तमु प्लेहु संघ कुवेत, किरात याक्थुङ चुम्लुङ, सुनुवार सेवा सामाज, लगायत कुवेतमा कृयाशिल विभिन्न संघ संस्थाका प्रतिनिधि,पत्रकार कलाकारहरुको उपस्थिति रहेको थियो । संस्थाको कृयाकलापको बारेमा निबर्तमान महासचिव शुधिर राईले संस्थाका महत्वपूर्ण प्रतिवेदन प्रस्तुत गरेका थिए। जसमा संस्थाको स्थापना र गतिविधि, आर्थिक सहयोग, राजदूतावास र कृयाशिल संघ सस्था संगको सहकार्य र समन्वय बारे समिटिएको थियो। कार्यक्रम संचालन महासचिव रोशन राईले गरेका थिए भने स्वागत मन्तव्य द्वारा अतिथिहरुलाइ उपाध्यक्ष  माया चाम्लिङ राईले स्वागत गरेकी थिइन्।

    3F6CB2B9-CAA8-4FCA-9E7B-77705CF7DDC8.jpeg
    कार्यक्रममा राष्ट्रिय गान पश्चात्  सभापति, प्रमुख अतिथि,विशिष्ट लगायले पानसमा दिप प्रज्वलन गर्दै कार्यक्रमको उद्घाटन गरिएको थियो। कार्यक्रमको शुरुआतमै संस्थाका कलाकारहरुले राई सममुदायको प्रचलित झाँकी साकेला शिलिले उपस्थित पाहुनाहरुलाइ मनोरंजन दिलाएका थिए। कार्यक्रमलाइ साविक भन्दा केहि फरक मोडेलको  तालिकामा कार्यक्रमलाई शानदार बनाइएको थियो। प्रमुख अतिथि महामहिम राजदूत दुर्गा प्रशाद भण्डारिले शुभकामना मन्तव्य दिनुहुदै प्रवासमा रहेर पनि आफ्नो धर्म संस्कार, संस्कृतिलाइ जगेर्ना गर्दै आएको सर्हानिय कार्य भएको र यस्ता कार्यक्रमलाई दुतावासको साथ र सहयोग सदैव रहने बताउनु भएको थियो। 

    निवर्तमान अध्यक्ष मन्जित चाम्लिङ राई,संस्थापक/ संरक्षक अमित चाम्लिङ राई,निवर्तमान महासचिव शुधिर राई,निवर्तमान उपाध्यक्ष नैन कला राई रहेको निर्वाचन मण्डलले नयाँ कार्यसमिति गठन गरेको थियो।निर्बिरोध निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिले अध्यक्षमा उमेश राईको नेतृत्वमा ५९ जना कार्य समिति गठन गरेको घोषणा गरेपछि  सपथ  ग्रहण गराईएको थियो। कार्यक्रमको बिचबिचमा मनोरंजनका लागि किराती भेषभुषामा झकिझकाउ कलाकारहरुद्वारा उत्कृष्ट नृत्यहरु र गायनले हलमा उपस्थित अतिथिहरुलाई वान्स मोरको हुटिङ गुन्जिदै भरपूर  मनोरंजन दिलाएको थिए। यसै गरि संस्थालाइ योगदान दिएको व्यक्तिहरु लगायत कार्यक्रमलाइ सफल पार्न ब्यक्तिगत र संस्थागत आर्थिक सहयोग गरिएका सहयोगी मनहरुलाइ  आयोजकको तर्फबाट सम्मान-पत्र द्वारा सम्मान गरिएको थियो । 

    किराया कुवेतको  स्थापना कालदेखि नै महत्त्वपूर्ण योगदान दिदै नेतृत्व सम्हाल्नु भएकोमा निवर्तमान अध्यक्षलाई संस्थागतरुपमा किराया कुवेत, खोटाङ कुवेत सम्पर्क मन्च, याक्थुङ चुम्लुङ कुवेत, आदिवासी जनजाती महासंघ कुवेत, तीन किराँती कुवेत, निरेम प्रोडक्सन र विभिन्न संघ संस्था र शुभेच्छुकहरुले मायाको चिनो र दोसल्ला ओढाएर बिदाई गरेका थिए । किराया कुवेतको खम्बाको रुपमा रहेर योगदान दिएका चाम्लिङको विदाईको पल सबैमा भावुकता छाएको थियो । दुई दशक लामो कर्मभुमी कुवेतको बसाईलाई बिट मारेर आफ्नै देशमा आमाको हातको तातो जाउलो खान र आफ्नै देशको भुमिमा कर्म गर्नको लागि चाम्लिङ स्वदेश फिर्दैछ्न। 

    त्यसैगरी विशेष अतिथि र अतिथिहरुले शुभकामना मन्तव्यमा किराया कुवेतको सकृयताको बारेमा प्रशंसा गर्दै यस समितिलाइ आगामि दिनमा अझ उत्कृष्ट हुने शुभकामना व्यक्त गरेका थिए। आयोजकद्वारा कार्यक्रममा  चियापान र दिव्यभोजको ब्यबस्था समेत  गरिएको थियो। कार्यक्रको अन्त्यमा सभापति तथा निवर्तमान अध्यक्ष मन्जित चाम्लिङ राईले कार्यक्रममा आर्थिक, नैतिक र भौतिक रुपमा कार्य ब्यस्तताको वाबजुद पनि उपस्थिति जनाई अधिवेशनलाई सफलता पुर्वक सम्पन्न गर्नको लागि सहयोग पुर्याउने हुने सम्पुर्णलाई ब्यक्तिगत र समग्र आयोजक किरात राई यायोक्खा कुवेतको तर्फबाट धन्यवाद ज्ञापन साथै आभार प्रकट गरेका थिए।

    नयाँ कार्य समिति यस् प्रकार छन्
    १)अध्यक्ष  -उमेश राई
    २)उपाध्यक्ष -चत्तुर भक्त राई (सबिन दुमी राई )
    ३) मोहन नाछिरिङ राई
    ४) मोहन राई 
    ५) निर्मला राई 
    ६) माया चाम्लिङ राई
    ७)महासचिव -रोशन राई  
    ८)सचिव    -भूमिराज राई 
    ९)सहसचिव   -कविता राई 
    १०)सहसचिव -महेन्द्र चाम्लिङ राई
    ११)कोषाध्यक्ष -अमृता थुलुङ राई 
    १२)सहकोषाध्यक्ष -सुरज राई 
    १३) प्रवक्ता  -मानस राई
    १४)संगठन विभाक प्रमुख -राजन चाम्लिङ राई 
    १५)संगठन विभाग उपप्रमुख-अरुण चाम्लिङ राई
    १६)वरिष्ठ सदस्य -भगत राई 
    १७)                   -प्रकाश थुलुङ राई 
    १८)                   -दिक्षा थुलुङ राई
    १९)                   -निशा राई
    २०)                   -महेन्द्र राई
    २१)                   -यूवराज चाम्लिङ राई
    २२)                   -कुमारी राई
    २३)सदस्य   -बबिता कुलुङ राई
    २४)             -ममता चाम्लिङ  राई 
    २५)             -अशोक चाम्लिङ राई
    २६)             -भुपेन्द्र राई
    २७)             -रुद्रमान राई 
    २८)             -संजय राई 
    २९)              -दिनेश नाछिरिंग राई
    ३०)              -अनु राई
    ३१)              -सजना राई 
    ३२)              -डी. बी. राई
    ३३)               -भिम साम्पाङ राई
    ३४)               -कमला राई 
    ३५)               -उषा राई 
    ३६)               -रन्जु गुरुङ राई 
    ३७)               -भुमि ध्वज राई 
    ३८)                -प्रबिण चाम्लिङ राई
    ३९)                -इन्सन राई 
    ४०)               -कल्पना बान्तवा राई 
    ४१)                -रोजिना राई  
    ४२)                -तारा चन्द्र राई
    ४३)                -रामचन्द्र चाम्लिङ राई
    ४४)                 -दिलु कोयु राई
    ४५)                 -सोनु राई
    ४६)                 -संगीता राई
    ४७)                 -सुजता राई(मेरी)
    ४८)                 -अन्चल राई 
    ४९)                 -राजन राई
    ५०)                 -सुजा राई
    ५१)                 -अनिता राई
    ५२)                 -मनोज राई
    ५३)                -प्रविन राई
    ५४)                 -सोना नाछिरिङ राई
    ५५)                -अनिता दुमी राई
    ५६)                -च्याप्ति माया राई
    ५७)                -इन्दिरा राई
    ५८)                -योजना कुलुङ राई
    ५९)                -अमृत राई

    १)नैना कला राई -सल्लाहकार 
    २)शुधिर राई- सल्लाहकार 
    ३)मन्जित चाम्लिङ राई- वरिष्ठ सल्लाहकार 
    ४)अमित चाम्लिङ राई- संरक्षक

  • सम्बन्धित विषय:

  • # प्रवास
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology