Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अफगानिस्तानमा ६.५ म्याग्निच्युडको भूकम्प

अफगानिस्तानमा ६.५ म्याग्निच्युडको भूकम्प

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ८, २०७९ बुधवार • ०९:५२:५७ बजे
  • 781
    SHARES
  • अफगानिस्तानमा ६.५ म्याग्निच्युडको भूकम्प

    अफगानिस्तानको फैजाबाद केन्द्रबिन्दु भएर गएको भूकम्पको कारण कम्तिमा ५ जनाको मृत्यु भएको छ भने करिब ५० जना घाइते भएका छन् ।

    images

    मङ्गलवार राति अफगानिस्तानको जर्म शहरभन्दा करिब ४० किलोमिटर दक्षिण पूर्व केन्द्रबिन्दु भएर ६.५ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको कडा झड्का अफगानिस्तानसँगै पाकिस्तान र भारतमा पनि महसुस गरिएको थियो ।

    विपद् व्यवस्थापन मन्त्री सफिउल्लाह रहिमीले सीएनएनलाई दिएको जानकारी अनुसार अफगानिस्तानको लाघमन प्रान्तमा दुई जनाको मृत्यु र ८ जना घाइते भएका छन् । यसैगरी दुई बच्चासहित अरु तीन जनाको उत्तरी पाकिस्तानमा मृत्यु भएको छ ।

    अन्य ४१ जना घाइते भएका छन् । पाकिस्तानको अब्बोटावाद शहरमा भूकम्पका कारण पहिरो जाँदा बाटो पनि बन्द भएको सीएनएनले जनाएको छ । भूकम्पको धक्का भारतको राजधानी नयाँ दिल्ली, राजस्थान, जम्मु कश्मीरका पनि महसुस गरिएको थियो ।

  • सम्बन्धित विषय:

  • # अफगानिस्तान
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology