Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अभिनेत्री आकांक्षाले आत्महत्या गरिन्

अभिनेत्री आकांक्षाले आत्महत्या गरिन्

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १२, २०७९ आइतवार • १४:२३:३२ बजे
  • 1.5K
    SHARES
  • अभिनेत्री आकांक्षाले आत्महत्या गरिन्

    भोजपुरी अभिनेत्री आकांक्षा दुबेले बनारसको एक होटलमा आत्महत्या गरेकी छन् ।

    images

    मोडल तथा अभिनेत्री आकांक्षा दुबेले सारनाथ थाना क्षेत्रको सोमेन्द्र होटलमा झुण्डिएर आत्महत्या गरेको बताइएको छ । आकांक्षा भदोही जिल्लाको चौरी थाना क्षेत्र अन्तर्गत पर्सीपुरकी थिइन् ।

    उनी भोजपुरी उद्योगको चर्चित अनुहार थिइन् । आकांक्षाले ‘वीरों के वीर’ र ‘कसम पैदा करने वाले की २’ नामक फिल्ममा काम गरिन् । अभिनेत्रीले किन यस्तो कदम चालिन् भन्ने अहिलेसम्म खुलेको छैन ।

    यो खबर आएपछि भोजपुरी उद्योगमा शोक छाएको छ । यसबाट सबैलाई ठूलो धक्का लागेको छ । आकांक्षा दुबे तीन वर्षको उमेरमा आमाबुवासँग मुम्बई सरिन् ।

    उनका आमाबाबुले उनलाई आईपीएस अफिसर बनाउन चाहन्थे, तर उनको चाहना नृत्य र अभिनयमा थियो।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology