Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नागार्जुनको काव्यगोष्ठी

नागार्जुनको काव्यगोष्ठी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १८, २०७९ शनिवार • ११:०७:०३ बजे
  • 778
    SHARES
  • नागार्जुनको काव्यगोष्ठी

    नागार्जुन साहित्यिक प्रतिष्ठानको शुभप्रभात काव्यगोष्ठीमा आज समसामयिक चेतना र सांस्कृतिक रुपान्तरणका एक दर्जन कविता प्रस्तुत भएको छ ।

    images

    गोष्ठीमा डा रमेश शुभेच्छु, चेतनाथ धमला, दिल पौडेल, प्रकाश सिलवाल, युवराज नास्तिक, माधव घिमिरे ‘अटल’, लीलाराज दाहाल, गङ्गा खतिवडा, रामकृष्ण आचार्य, पुरुषोत्तम रसुवा, रुवी सत्याल, जयराम बिडारीले कविता, गजल र मुक्तक प्रस्तुत गर्नुभएको थियो ।

    वाचित कवितामाथि टिप्पणी गर्दै समीक्षक डा शुभेच्छुले कविताले राजनीनिक र सामाजिक क्षेत्रका विकृतिमाथि प्रहार गर्दै सुसङ्गत समय र समाजको परिकल्पना गरेको बताउनुभयो ।

    कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानमा हालै प्रज्ञासभा सदस्यमा नियुक्त नागार्जुनका संस्थापक सदस्य चेतनाथ धमलालाई संस्थाका अध्यक्ष दिल पौडेलले बधाई दिनुभएको थियो ।

    नागार्जुनले लोकतान्त्रिक आन्दोलनका समयमा सडक कविता कार्यक्रमका रुपमा हरेक महिना शुभप्रभात काव्यगोष्ठीको थालनी गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # काव्यगोष्ठी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology