Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोशी प्रदेश नामाकरणको विरोधमा किरात राई यायोक्खा कुवेतले निकाल्यो प्रेस विज्ञप्ति

कोशी प्रदेश नामाकरणको विरोधमा किरात राई यायोक्खा कुवेतले निकाल्यो प्रेस विज्ञप्ति

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १८, २०७९ शनिवार • २३:१६:१७ बजे
  • 1.7K
    SHARES
  • कोशी प्रदेश नामाकरणको विरोधमा किरात राई यायोक्खा कुवेतले निकाल्यो प्रेस विज्ञप्ति

    कुवेत - किरात राई यायोक्खा कुवेतले कोशी प्रदेश नामाकरणको विरोधमा प्रेस विज्ञप्ति जारी गरेको छ । 

    images

    कोशी प्रदेशको विरोधमा  किरात राई यायोक्खा नेपाल, लगायत सरोकारवाला पहिचानवादी संघसंस्थाहरुले  चलाइरहेको शान्तिपूर्ण आन्दोलनप्रति किरात राई यायोक्खा कुवेतले  पूर्ण समर्थन र ऐक्यवद्धता रहेको जनाएको छ ।

    प्रदेश १ सरकारले प्रदेशको नाम कोशी प्रदेश नामाकरण गरेपछि छलकपट गरि प्रदेशको नामाकरण गरेको मान्य नहुने भन्दै बिरोध स्वरूप किरात राई यायोक्खा कुवेतले प्रेस विज्ञप्ति जारी गरेको हो ।

    किरात राई यायोक्खा कुवेतले बिनासर्त प्रदेश नम्बर १ लाई किरात प्रदेश नामकरणका लागि प्रदेश सभा र सम्बन्धित प्रदेश न. १ सरकारसँग जोडदार माग गरेको छ ।

    C1768313-857D-492E-B77E-F1D56C1ED4D4.jpeg

  • सम्बन्धित विषय:

  • # नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology