Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सुदुरपश्चिम समाज सेन्डाईको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा एलिस चन्द ठकुरी निर्वाचित

सुदुरपश्चिम समाज सेन्डाईको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा एलिस चन्द ठकुरी निर्वाचित

प्रकाश बिश्वकर्मा

प्रकाश बिश्वकर्मा

चैत्र १९, २०७९ आइतवार • २२:४९:३३ बजे
  • 1.1K
    SHARES
  • सुदुरपश्चिम समाज सेन्डाईको चौथो अधिवेशन  सम्पन्न, अध्यक्षमा एलिस चन्द ठकुरी निर्वाचित

     

    images

    जापान - सुदुरपश्चिम समाज सेन्दाई जापानको चौथो अधिबेसन सम्पन्न भएको छ। समाजको बर्ष (२०२३-२०२५)का लागी भएको उक्त अधिबेसनले एलिस चन्द ठकुरीको अध्यक्षतामा उपाध्यक्षहरु बिक्रम बहादुर चन्द, केशब पाण्डे सचिबमा केशब जोशी, सहसचिबमा मकेन्द्र सोराडी, कोषाध्यक्ष गंगा जोशी, सहकोषाध्यक्ष ओकेन्द्र सिंह धॅामी सदस्यहरुमा मुकेश कार्की, जनक बहादुर धॅामी, बम बहादुर बोगटी, प्रशान्त धामी, दिपा जोशी, युबिका चन्द, मन्जु जोशीलाई सर्बसम्मत रुपमा चयन गरेको स्रोतले जनाएको छ।

    समाजका अध्यक्ष भरत बमको अध्यक्षता तथा उपाध्यक्ष पुष्कर मान्यल सिहंको संचालनमा सम्पन्न उक्त कार्यक्रममा अतिथीहरु जनप्रगतिशिल मन्च सेन्दाईका अध्यक्ष तेज दाहाल, धर्मराज अधिकारी, केशब थापा, दिपक सापकोटा लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो।अधिबेसनले बिनोद चन्द, रमेश भट्ट, भरत बम र पुष्कर सिंह मान्यल रहेको चार सदस्य सल्लाहकार समिती समेत चयन गरेको समितीका सल्लाहकार बिनोद चन्दले जानकारी दिनुभएको छ।

    समाजले खासगरी नेपालको सुदुरपश्चिम क्षेत्रबाट जापानमा रहेका दाजु भाई दिदिबिहनीको बिचमा एकता र भातृत्वको बिकाश गर्दै प्रदेशमा हुने हरेक प्रकारको सुख दुखमा साथ सहयोग आदनप्रदान गर्ने संस्थाको नव निर्बाचित अध्यक्ष एलिस चन्द ठकुरीले बताउनु भयो। स्मरणरहोस समाजले केही समय पहिले सेन्डाईमा दिवङ्गत  हुनु भएको बझांगका कुबेर धॅामीको लागी एनआरएनए सेन्दाईको सहकार्यमा लाखौ रकम सहयोग संकलन गरेर घरपरिवारलाई हस्तान्तरण गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • प्रकाश बिश्वकर्मा

    प्रकाश बिश्वकर्मा मयूरपाटी डिजिटल पत्रिकाकाे प्रधान सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology