Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ट्रम्पविरुद्ध मुद्दा लगाउने पोर्न स्टारलाई अदालतले तिरायो १ करोड ६० लाख जरिवाना

ट्रम्पविरुद्ध मुद्दा लगाउने पोर्न स्टारलाई अदालतले तिरायो १ करोड ६० लाख जरिवाना

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २२, २०७९ बुधवार • ११:१४:३८ बजे
  • 637
    SHARES
  • ट्रम्पविरुद्ध मुद्दा लगाउने पोर्न स्टारलाई अदालतले तिरायो १ करोड ६० लाख जरिवाना

    अमेरिकी पोर्न स्टार स्टोर्मी ड्यान्यल्सलाई अदालतले १ लाख २२ हजार डलर अर्थात् नेपाली रुपैयाँ (एक करोड ६० लाख) जरिवाना गरेको छ । लस एन्जलसको अदालतले मंगलबार डेनियलको विरुद्धमा फैसला गर्दै सो रकम जरिवाना गरेको हो ।

    images

    उनले आफूलाई ट्रम्पले पछ्याउन नछाडेको र आफ्नो बच्चालाई खतरा रहेको भन्दै सन् २०१८ मा मानहानीको मुद्दा दायर गरेकी थिइन् । तर त्यो मुद्दा उनका वकिल माइकल एभेनाट्टीले उनको सहमति बिना मुद्दा दायर गरेका थिए ।

    यसअघि ट्रम्प न्यूयोर्कको अदालतमा हाजिर भएर फौजदारी मुद्दामा भएर बयान दिएका छन् । ३४ बुँदे अभियोगको प्रतिवादमा बयान दिँदै उनले आफू दोषी नभएको जिकिर गरेका छन् ।

    डोनल्ड ट्रम्पले झुटा व्यावसायिक विवरण तयार पारेको, आफूसँगको सम्बन्धबारे मौन बस्न स्टोर्मी ड्यान्यल्स नामक पोर्न स्टारलाई ठूलो रकम दिएको भनिएका बिषयमा लगाइएका विभिन्न अभियोगहरूमा आफू दोषी नरहेको दाबी गरेका छन् ।

    सन् २०१६ मा पोर्न स्टारलाई रकम दिएको विषयमा भैरहेको अनुसन्धानमा बयान दिन ट्रम्प अदालतमा हाजिर भएका हुन् । यसका साथै सन् २०१६ को निर्वाचनलाई प्रभावित बनाउन ठूलो धनराशी खर्च गरेको अभियोग पनि ट्रम्पलाई लागेको छ ।

    गलत सूचना दबाउन त्यस्तो गैरकानूनी योजना चालेको अभियोजनकर्ताको दाबी छ । झण्डै एक घण्टा बयान दिएर ट्रम्प फ्लोरिडा फर्किएका छन ।

  • सम्बन्धित विषय:

  • # १ करोड ६० लाख जरिवाना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology