Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

‘बहाव’को चुम्बन दृश्यलाई लिएर सेन्सर बोर्डको सोधपुछ

‘बहाव’को चुम्बन दृश्यलाई लिएर सेन्सर बोर्डको सोधपुछ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २३, २०७९ बिहिवार • १७:३४:३६ बजे
  • 661
    SHARES
  • ‘बहाव’को चुम्बन दृश्यलाई लिएर सेन्सर बोर्डको सोधपुछ

    शुक्रबारदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बहाव’मा समावेश चुम्बनको दृश्यलाई लिएर निर्देशक र निर्मातासँग चलचित्र जाँच समितिले सोधपुछ गरेको छ ।

    images

    निर्देशक प्रमोद कँडेलले बोर्डका पदाधिकारीले चासो दिएर सोधेपछि आफूले फिल्ममा उक्त दृश्यको औचित्य र महत्वबारे बताएको बताए । फिल्ममा सुरक्षा पन्त र पवन श्रेष्ठको झण्डै १८ सेकेण्ड लामो चुम्बन दृश्य रहेको छ ।

    बुधबार बेलुका प्रिमियरमा यो दृश्य आएपछि दर्शकले हलमा हुटिङ समेत गरेका थिए । उक्त चुम्बनको दृश्य नेपाली फिल्ममा अहिलेसम्मकै लामो भएको हुन सक्ने निर्देशक कँडेलको ठम्याइ छ ।

    यसअघि सामान्य चुम्बन दृश्यमा पनि अनुदार मानिने सेन्सर बोर्ड बहावको यो रोमान्टिक र बोल्ड दृश्यमा भने उदार देखिएको छ ।

    ‘सेन्सर हुँदा पनि बोर्डका पदाधिकारीले यसबारे अब्जेक्सन गर्नुभएको थियो । तर उक्त दृश्य किन फिल्मको लागि महत्वपूर्ण छ भन्ने बताएपछि उहाँहरु कन्भिन्स हुनुभयो र युनिभर्सल सर्टिफिकेट दिनुभयो’, निर्देशक कँडेलले भने ।

    फिल्मभित्र शीर्ष पात्रहरुको सम्बन्ध स्थापनाका लागि उक्त दृश्यको प्रयोग गरिएको छ । सुरक्षाको फिल्म करिअरमा पहिलोपटक यस्तो बोल्ड सिन दिएकी हुन् ।

    यो दृश्य आउँदा प्रिमियरमा उपस्थित भएकी सुरक्षाले लाजले मुख छोपेकी थिइन् ।

  • सम्बन्धित विषय:

  • # सेन्सर बोर्डको सोधपुछ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology