Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कुवेतमा तीन किराँती संस्थाले संयुक्तरुपमा उभौली मनाउने

कुवेतमा तीन किराँती संस्थाले संयुक्तरुपमा उभौली मनाउने

चन्द्र गाेतामे

चन्द्र गाेतामे

चैत्र २५, २०७९ शनिवार • २०:५४:४३ बजे
  • 829
    SHARES
  • कुवेतमा तीन किराँती संस्थाले संयुक्तरुपमा  उभौली मनाउने

    कुवेत - कुवेतमा तीन किराँती संस्थाले संयुक्तरुपमा आगामी ५ मे शुक्रवारको दिन उभौली साकेला मनाउने भएको छ ।

    images

    कुवेतको मङ्गाफ स्थित मेमोरिस हलमा "भाषा, संस्कार, सस्कृतीको संरक्षण, किरातिहरुको साझा अभियान" भन्ने मुल नाराका साथ सबै किरातीहरु एकताको सुत्र भित्र बाधिनु पर्छ भन्ने मान्याताका साथ कुवेतमा कृयासिल तीन संस्थाहरु किराँत राई यायोक्खा कुवेत, किराँत याक्थुङ चुम्लुङ कुवेत र सुनुवार सेवा समाज कुवेतले संयुक्तरुपमा उभौली साकेला मनाउन लागेको हो ।

    तीन किराती संस्थाले बिगत ६ बर्षदेखि कुवेतमा संयुक्तरुपमा किरातिहरुको महान चाड उभौली साकेला मनाउदै आईरहेको छ । यस वर्ष पनि उभौली साकेला, यक्वा तङ्नाम, रापवा श्यादर पिदर येले दोङ्, येले तङ्बे,येले थोचे,५०८३ को उपलक्ष्यमा शुभकामना आदान-प्रदान तथा उभौली साकेला कार्यक्रम संयुक्तरुपमा हुने आयोजकले जनाएको छ ।

    कुवेतलाई कर्मथलो बनाएर बसोबास गर्नुहुने किराँती,गैर किराँती नेपाली दाजुभाई तथा दिदीबहिनी, कुवेतमा कृयाशिल संघ सस्थालाई प्रतिनिधित्व गर्ने सस्थाका अध्यक्ष/ प्रतिनिधि, पत्रकार, बुद्धिजीवी, समाजसेवी खेलाडी, कलाकारलाई उपस्थिति भई कार्यक्रमको शोभा बढाई दिन आयोजकले अनुरोध गरेको छ । साथै उक्त दिन कुनै पनि कार्यक्रम नजुधाई दिन समेत अनुरोध गरेको छ ।
          
    कार्यक्रम हुने स्थान, मिति र समय निम्न रहेको छ ।
    स्थान- मेमोरिस, हल मंगाफ -०४, ईसारा २४, 
    घर न.१२
    मिति - ५ मे २०२३
    समय-बिहान १०.००बजे बिहान देखी 
             
     आयोजक
    किराँत राई यायोक्खा कुवेत
    किराँत याक्थुङ चुम्लुङ कुवेत 
    सुनुवार सेवा समाज कुवेत

  • सम्बन्धित विषय:

  • # प्रवास
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology