Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

१३६ जनामा कोरोना संक्रमण पुष्टि

१३६ जनामा कोरोना संक्रमण पुष्टि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १, २०८० शुक्रवार • १९:४३:२४ बजे
  • 901
    SHARES
  • १३६ जनामा कोरोना संक्रमण पुष्टि

    शुक्रबार थप १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    १९७ पीसीआर र १२२७ एन्टिजेन परीक्षणमा ३४ र १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६८ जना संक्रमणमुक्त भएका छन् ।

    यसअघि बिहीबार १०६ जनामा संक्रमण पुष्टि भएको थियो । नयाँ भेरिएन्ट देखिएसँगै संक्रमितको संख्या केही सातायता बढ्दो छ । हाल सक्रिय संक्रमितको संख्या ४०१ पुगेको छ ।

    १ हजार हाराहारीमा हुँदै आएको कोभिड परीक्षण गराउनेको संख्या पनि बढ्दै गएका छन् । कोभिड बढेसँगै अस्पतालमा पनि बिरामी भर्ना हुन थालेका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोभिड अपडेटअनुसार हाल संस्थागत आइसोलेसनमा ३२ जना, आईसीयूमा ११ जना र भेन्टिलेटरमा ३ जना उपचाररत छन् ।

  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमण पुष्टि
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology