Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

तमू समाज कुवेतको 'सातौ रक्तदान' कार्यक्रमको तयारी पूरा

तमू समाज कुवेतको 'सातौ रक्तदान' कार्यक्रमको तयारी पूरा

चन्द्र गाेतामे

चन्द्र गाेतामे

बैशाख १३, २०८० बुधवार • ११:४६:३६ बजे
  • 751
    SHARES
  • तमू समाज कुवेतको 'सातौ रक्तदान' कार्यक्रमको तयारी पूरा

    कुवेत - तमू समाज कुवेतले आयोजना गर्न लागेको 'सातौ वृहत रक्तदान' कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

    images

    'रक्तदान जीवन दान' भन्ने नारा सहित तमू समाजले कुवेतको सेन्ट्रल ब्लड बैंकको बिशेष सहयोगमा कुवेतस्थित जाब्रियाको सेन्ट्रल ब्लड बैंकमा रक्तदान कार्यक्रम गर्न लागेको हो । तमू समाज कुवेतले विगत २०१३ सालदेखी कुवेत नगरीमा वार्षिक सामुहिक खुल्ला रक्तदान कार्यक्रम संचालन गर्दै आएको छ । तमू समाज कुवेतले यो सातौ पटक बृहत रक्तदान कार्यक्रम संचालन गर्न लागेको  हो  । तमू समाज कुवेतले उपचारमा रगत आवश्यकता परेका धेरै बिरामीलाई रगत उपलब्ध गराई सकेको छ । 

    मानिसको शरीरमा भएको रगत दान नगरेपनि तीन महिनामा त्यो रगत त्यतिकै खेर जान्छ । त्यसैले खेर जाने रगत दान गर्दा कसैको ज्यान बच्न सक्छ । रक्तदान गरेजस्तो पुण्यको काम अरु केही हुँदैन । यदी रक्तदान नगरे आवश्यक व्यक्तिले कसरी रगत पाउँछन् । जीवन यापनको दौडानमा हुनसक्ने सम्भावित दुर्घटना या जुनसुकै कारणवश  शरीरमा रगतको कमी भई जिबन र मृत्‍युको दोसाँधमा अल्झिरहेका मनिसहरुको जीवन रक्षा गर्न मद्दत  पुग्ने भएकोले रक्तदानको धेरै महत्व छ । सामान्यतया एउटा व्यक्तिको शरीरमा छ लिटर (करिब दश युनिट) रगत उत्पादन हुने हुदा रक्तदानको समयमा भने एक युनिट अर्थात ४७० मिलिमिटर रगत मात्र निकालिने गरिन्छ । त्यो भनेको शरीरमा भएको सबै रगतको १२ देखि १४ प्रतिशत मात्र भएकाले रक्तदानका क्रममा त्यसरी रगत निकाल्दा व्यक्तिलाई भने कुनै हानी गर्दैन । 

    उक्त दिन हुने रक्तदान कार्यक्रममा स्वास्थ्यकर्मीहरूबाट रक्तदान गर्नु पूर्व रक्तदान केन्द्रमा सामान्य स्वास्थ्य परिक्षण पश्चात् मात्र रक्तदान गर्ने सकिने  छ । यस विशेष अवसरमा आयोजना हुने पवित्र कार्य (रक्तदान कार्यक्रम) मा स्वतः स्फूर्त सहभागिताका लागि समेत कुवेतमा कार्यरत नेपालीहरुलाई तमू समाज कुवेतले अनुरोध गरेको छ । साथै रक्तदान कार्यक्रम लाई भव्य र सभ्य सफल बनाउनको लागि कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई निमन्त्रणा पठाई सकिएको र भुलबस् या अन्य प्राविधिक कारणले निमन्त्रणा प्राप्त नभएमा यसै समाचारलाई आधार मानी कार्यक्रममा उपस्थितिको लागी आयोजक तमू समाज कुबेतले हार्दिक अनुरोध गरेको छ।
    

    रक्तदाताहरूले रक्तदान गर्नु भन्दा पहिले र गरे पस्चात ध्यान ढिनु पर्ने कुराहरू :
    रक्तदान गर्नु भन्दा पहिले 


    १) साधारण पौष्टिक खाना खाने, भोको पेट हुनु हुन्न ।

    २) रक्तदान गर्नु पहिले प्रसस्त पानी पिउने ।

    ३) अघिल्लो रात प्रसस्त सुत्ने ।
    
४) आफ्नो परिचय पत्र (सिभिल आईडी वा पासपोर्ट कपी) साथमा लिएर जाने।
    रक्तदान गरी सके पस्चात् : 


    १) केही हल्का खाजा खाने वा जुस पिउने ।
    
२) पानी वा जुस प्रसस्त पिउले ।
    
३) घेरै हिड्दुल नगरि केही बेर आराम गर्ने ।
    
४) कमसेकम रक्तदान गरेको २४ घण्टा सम्म भारी काम नगर्ने ।

    रक्तदान कार्यक्रमको मिति, समय र स्थान निम्न रहेको छ ।

    मितिः शुक्रबार, २८ अप्रिल , 
समय : दिनको ठिक २:०० बजे  
स्थानः सैन्ट्रल ब्लड बैंक, जाब्रिया, कुवेत सिटी ।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology