कुबेत - तमू समाज कुवेतको “सातौ रक्तदान” कार्यक्रम सम्पन्न भएको छ । तमू समाज कुवेतले “रगतदान जीबनदान” भन्ने पवित्र उद्देश्य र मानवीय भावनाका साथ २८ अप्रिल २०२३ मा आयोजना गरेको सातौ वृहत रक्तदान कार्यक्रम कुवेतको सेन्ट्रल ब्लड बैंक जाब्रियामा सम्पन्न भएको हो ।

समाजद्वारा आयोजित उक्त पवित्र रक्तदान कार्यक्रममा १०३ जनाले रक्तदान गरेक थिए । तमू समाज कुवेतका अध्यक्ष राजु गुरुङको अध्यक्ष्यतामा सम्पन्न औपचारिक कार्यक्रममा प्रमुख अतिथि नेपाली दूतावास कुवेतका कार्यवाहक राजदूत सुजनी राना रहेकी थिइन भने कार्यक्रममा बिशेष अतिथिहरु नेपाली दूतावासका पदाधिकारीहरु, सेन्ट्रल ब्लड बैंक कुवेतकी प्रतिनिधि डा. अयत ओस्समा, गैर आवासीय नेपाली संघ समन्वय परिषद कुवेतका अध्यक्ष रणध्वज लामा, आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ रहेका थिए ।कार्यक्रममा नेपाली दूतावास परिवार, कुबेतका बिभिन्न संघ सस्थाका प्रतिनिधीहरु, पत्रकारहरु तथा स्वंयमसेवी रक्तदाताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

अपरान्ह दुई बजेदेखि शुरु भएको उक्त कार्यक्रमलाई कार्यक्रमका अध्यक्ष्य, प्रमुख अतिथि, बिशेष अतिथिहरुले संयुक्त रुपमा रिबन काटेर समुद्घाटन गरेका थिए ।कार्यक्रमको प्रमुख अतिथि कार्यवाहक राजदूत सुजनी रानाले रक्तदानको महत्वलाई प्रस्ट पार्दै यस मानिवय कार्यमा सङ्लग्न सम्पूर्ण नेपालीहरुलाई धन्यवाद दिदै यस्तो पवित्र कार्य आयोजना गरेकोमा आयोजक तमू समाज कुवेतको खुलेर प्रसंशा गरेकी थिइन ।साथै शुभकामना मन्तव्यको क्रममा ब्लड बैंकका प्रतिनिधि (डा अयत ओस्समा) ले जीवनमा रक्तदान भन्दा राम्रो कार्य अरु नहुने बदाउदै सम्पूर्ण राक्तदाताहरुलाई खुलेर स्वागत गरेकी थिइन । त्यसैगरी नेपाली दूतावासका प्रथम सचिव प्रेम राज गौतम, गैर आवासीय नेपाली संघ समन्वय परिषद कुवेतका अध्यक्ष रणध्वज लामाले आयोजक लगायत सम्पूर्ण रक्तदाताहरुलाई धन्यवाद दिएका थिए ।
समाजका बरीष्ठ सल्लाहकार खोप गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै समाजका अध्यक्ष राजु गुरुङले जीबन र मृत्युसँग प्रत्यक्ष सरोकार राख्ने रक्तदान कार्यमा नेपालीहरु माझ सचेतना जगाउदै यस्ता मानविय कार्यमा उप्रेरणा जगाउन तमू समाज हरदम लागि परेको बताएका थिए । साथै रक्तदान कार्यमा सहयोग गर्ने नेपाली दूताबास,नेपाली सँघ-संस्था, बुद्धीजिबी एवं पत्रकार लगायता सम्पूर्ण रक्तदाता दाजुभाइ दिदीबहिनीहरु सबैलाईलाई धन्यवाद ज्ञापन गरेका थिए ।
