Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मोनाको आयोजनमा पाठेघरको क्यान्सर सम्बन्धि निशुल्क शिविर सम्पन्न , १७ सय ३३ जना लाभान्वित

मोनाको आयोजनमा पाठेघरको क्यान्सर सम्बन्धि निशुल्क शिविर सम्पन्न , १७ सय ३३ जना लाभान्वित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २०, २०८० बुधवार • ११:१३:१७ बजे
  • 1.3K
    SHARES
  • मोनाको आयोजनमा पाठेघरको क्यान्सर सम्बन्धि निशुल्क शिविर सम्पन्न , १७ सय ३३ जना लाभान्वित

    म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समिति अन्तर्गत महिला विभागको आयोजना तथा काठमाडौ क्यान्सर सेन्टर हस्पिटलको प्राविधिक सहयोगमा पालिकास्तरमा आयोजना गरेको पाठेघरको क्यान्सर सम्बन्धि निशुल्क शिविर सम्पन्न भएको छ । 

    images

    म्याग्दी जिल्लाको ६ वटै स्थानीय तहमा सञ्चालन गरिएको स्तन तथा पाठेघर क्यान्सर रोग सम्बन्धि निशुल्क स्क्रिनिङ शिविरमा १७ सय ३३ जनाले सेवा लिएका छन । हरेक स्थानीय तहमा २ दिने स्तन तथा पाठेघर सम्बन्धि शिविरमा भिआइए विधिबाट १७ सय ३३ महिलाको पाठेघरको मुखको स्क्रिनिङ गरेकामा १ सय ८७ जनाको रिजल्ट पोजेटिभ देखिएको छ । १७ महिलाको स्तनमा गिर्खा भेटिएको थियो । 

    शिविरमा आएका महिलाहरूको चेकजाँचको क्रममा पाठेघरमा खासगरी मासु पलाउने, पाठेघरको मुखको क्यान्सर, डिम्बाशय ट्युमर, डिम्बाशयमा सिस्ट (डल्लो) पलाउने, सेतो गन्हाउने पानी बग्ने, पाठेघरको संक्रमण जस्ता समस्या पहिचान काठमाण्डौ क्यान्सर सेन्टर भक्तपुरको प्राविधिक सहयोगमा डा. किशोरकुमार प्रधानाङ्गले बताए । जनचेतना, अशिक्षा र विभिन्न कारणले सहरबजारदेखि ग्रामिण क्षेत्रका महिलाहरु पछिल्लो समय पाठेघरसँग सम्बन्धित विभिन्न रोगसँग जुधिरहेका छन् । 

    म्याग्दी प्रवासी नेपाली संघ (मोना), अन्तर्राष्ट्रिय कार्यकारी समिति अध्यक्ष अम्मर छन्त्यालले जिल्लामा आयोजित शिविरबाट महिलाको रोग पहिचान भएको बताए । उनले आगामी दिनमा समेत जिल्लास्तरमा स्वास्थ्य शिविरमार्फत रोग लुकाउन बाध्य भएकाको पहिचान गरी उपचार गर्ने बताए । मोनाले पाठेघरको थप उपचार आवश्यक देखिएका बिरामीलाई बेनी अस्पतालमा उपचार गर्ने गरी थप योजना बनाएको जनाइएको छ ।

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology