Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एनआरएनए १३औं युरोप क्षेत्रीय बैठकको तयारी हुँदै

एनआरएनए १३औं युरोप क्षेत्रीय बैठकको तयारी हुँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ९, २०७७ शुक्रवार • ०९:१८:०५ बजे
  • 1.2K
    SHARES
  • एनआरएनए १३औं युरोप क्षेत्रीय बैठकको तयारी हुँदै
     
    शेरबहादुर परियार,पोल्याण्ड/“मातृभूमिको लागि सीप र ज्ञान, युवा तथा महिला आवाजका लागि हाम्रो अभियान" नाराका साथ आगामी अक्टोबर ३-४ तारिख आयोजना हुन लागिरहेको एनआरएनए १३औं युरोप बैठक तथा ११औँ क्षेत्रीय महिला भेला र दोश्रो यूरोपियन ज्ञान सम्मेलनको तयारी भइरहेको छ। 
     
    "मातृभूमिको लागि सीप र ज्ञान, युवा तथा महिला आवाजका लागि हाम्रो अभियान" 
     
    युरोप बैठक तयारी बारे सचिवालयले आज भर्चुअल पत्रकार सम्मेलन मार्फत हालसम्म भएको तयारी र  कार्ययोजनाहरु सार्वजनिक गरेको छ ।पत्रकार सम्मेलनमा एनआरएन युरोप क्षेत्रीय संयोजक नारायण आचार्यले  पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै बैठकको तयारी युद्ध स्तरमा भइरहेको जानकारी दिए। उनले एनआरएन अहिलेको स्थानमा आउन पत्रकार मित्रहरुको महत्वपूर्ण योगदान रहेको स्मरण गर्दै यो बैठक सफल पार्न पनि पत्रकारहरुको सहयोग सदाझैं अपेक्षा गरेको बताए भने तयारीका सम्पूर्ण कामहरु सके पछि सबै जानकारी सहित पुनः पत्रकार सम्मेलन गरिने पनि जानकारी गराए।  हालसम्मको तयारी बारे युरोप उप-संयोजकहरु मुक्त गुरुङ, कृष्ण तिमिल्सिना र शुक्रराज न्यौपाने, ज्ञान सम्मेलनका संयोजक राजु अर्याल, महिला संयोजक योगिता थापा र आईटी संयोजक शशी श्रेष्ठले आ-आफ्नो क्षेत्रको तयारी बारेमा जानकारी दिए ।
     
    nrn2.jpg
    अन्ततः सहमति मै बन्यो मिडिया समिति
     
    एनआरएनए  युरोप सह संयोजक तथा मिडिया समितिका संयोजक शुक्र न्यौपानेले  पहिलो चरणमा केही आफ्ना नजिक र चिनजानका मात्र पत्रकारलाई  राखेर मिडिया समिति बनाएका थिए। तर युरोप क्षेत्रमा क्रियाशील र संस्थागत पत्रकारहरुको उपस्थिति नभएको भनी व्यापक आलोचना भए पछि संयोजक न्यौपानेले मिडिया समितिको ग्रुपबाट हटाएका पत्रकारहरुलाई पुनः जोडेपछि अन्ततः सहमति मै मिडिया समिति घोषणा भएको छ। समितिमा सहसंयोजक :केजिन राई (नेपाल पत्रकार महासंघ, यूरोप),नरेश खपाङ्गी  (नेपाल पत्रकार महासंघ, बेलायत),उपसंयोजक ओम शर्मा (प्रस्तावित नेपाल पत्रकार महासंघ, बेल्जियम),योगेन्द्र मिलन छन्त्याल (प्रस्तावित नेपाल पत्रकार महासंघ, पोर्तुगल),सदस्य सचिव विपिन निरौला र सल्लाहकारमा एनआरएन केन्द्रीय प्रवक्ता तथाकेन्द्रीय मिडिया टास्कफोर्स संयोजक डिबि क्षेत्री र वरिष्ठ पत्रकार भगिरथ योगी छन्।
     
     
    पत्रकार महासंघ युरोपले क्षेत्रीय बैठक विशेष लाइभ कार्यक्रम गर्ने 
     
    नेपाल पत्रकार महासंघ युरोप शाखाले १३औं युरोप  बैठक तथा ११ औँ क्षेत्रीय महिला भेला र दोश्रो यूरोपियन ज्ञान सम्मेलनलाई मध्यनजर गर्दै विशेष कार्यक्रम गर्ने अध्यक्ष केजिन राईले बताए।"युरोपको क्षेत्रीय बैठक सफल पार्नु हामी पत्रकारको कर्तव्य हो तसर्थ हामी यो युरोप बैठक विशेष लाइभ कार्यक्रमहरू गर्ने छौं"।महासंघको २६औं श्रृङ्खला युरोप बैठकको बिषयमा एनआरएन युरोप सह संयोजकद्वय मुक्तबहादुर गुरुङ् र कृष्ण तिमिल्सिनाको सहभागितामा लाइभ कार्यक्रम गरिसकेका छौं। अब एनआरएनएका जिम्मेवार र सरोकारवालाको सहभागितामा केही लाइभ श्रृङ्खलाहरु गर्ने छौं।
     
    पर्यटन मन्त्री योगेश भट्टराईद्वारा उद्घाटन हुने युरोप क्षेत्रीय बैठकलाई शिक्षा मन्त्री गिरिराजमणी पोख्रेल, पूर्व मन्त्रीहरु गगन  थापा ,मिनेन्द्र रिजाल ,प्रकाशशरण महत, गंगालाल तुलाधर,नेपाल सरकारका अधिकारीहरु, एनआरएनए केन्द्रीय अध्यक्ष कुमार पन्त लगायत केन्द्रीय पदाधिकारीहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । विश्व मा रहेको कोरोनाको समस्याको कारणले गर्दा बैठकका सम्पूर्ण कार्यक्रमहरु भर्चुअल प्रविधिबाट गरिने छ ।

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology