Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

साउदी अरब अन्तर संस्था समन्वय समिती द्वारा २ जनालाई नेपाल फिर्ताको लागि हवाई टिकट सहयोग

साउदी अरब अन्तर संस्था समन्वय समिती द्वारा २ जनालाई नेपाल फिर्ताको लागि हवाई टिकट सहयोग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ९, २०७७ शुक्रवार • ०९:३८:४३ बजे
  • 2.3K
    SHARES
  • साउदी अरब अन्तर संस्था समन्वय समिती द्वारा २ जनालाई नेपाल फिर्ताको लागि हवाई टिकट सहयोग
    अन्जान गुभाजु  साउदी अरब /  युवा कुमाल समाज ,साउदी अरबका अध्यक्ष तथा अन्तर संस्था समिति साउदी अरबका उपाध्यक्ष ओम कुमालको पहलमा कोरोना कहरले गर्दा बिचल्लीमा परेका २ जना नेपाली पिडितलाई हवाई टिकट खर्च उपलब्ध गराउनु भएको छ।

    जुबेल स्थित एभरेष्ट रेष्टुरेन्टका संचालक ईश्वर काप्री र ओम बहादुर कुमालद्वारा गोरखाका राधा कृष्ण सेढाईलाई हवाई टिकट प्रदान गरिएको थियो भने अन्तर संस्था समन्वय समिति साउदी अरबद्वारा होटल क्वरेण्टाईनको लागि ५०० साउदी रियाल प्रदान गरेका थियो । राधा कृष्ण गत सेप्टेम्बर ८ तारिखमा नेपाल एयरलाइन्स बाट नेपाल फर्केका थिए ।

    प्युठानका ओम बहादुर अधिकारीको लागि भने साउदी अरबमा रहेका किरात राई यायोक्खा साउदी अरब द्वारा ६०० रियाल,युवा कुमाल साउदी अरबद्वारा १६० रियाल,अन्तर संस्था समन्वय समिति साउदी अरबका अध्यक्ष कृष्ण पुरी द्वारा १५० रियाल,सुर्य श्रेष्ठ द्वारा १५० रियाल,इश्वर काप्रीद्वारा १५० रियाल, गुभाजु अन्जानद्वारा १०० रियाल,काजि गुरुङ १०० रियाल,श्याम श्रेष्ठद्वारा १०० रियाल,खेम तमुद्वारा ६५ रियाल,रबिन्द्र शाहद्वारा ५० रियाल, सुक गुरुङद्वारा ५० र अन्य व्यक्तिबाट १०० रियाल गरि जम्मा १७६५ रियालको टिकट प्रदान गरि सेप्टेम्बर २२ तारिखका दिन हिमालय एयरलाइन्स मार्फत नेपाल फर्केका थिए ।

    दुवै जना बाहिरगमन भिषा मार्फत नेपाल फर्केका थिए । अन्तर संस्था समन्वय समिति साउदी अरबको प्रतिनिधित्व गर्दै संस्थाको उपाध्यक्ष ओम कुमालबाट कतिपय पीडितहरुको ट्राभल डकुमेन्ट बनाउन सहयोग गर्नुका साथै नेपाली दूतावाससँग सहयोगी भूमिका निभाएर हिमालयन एयरलाइन्स तथा नेपाल एयरलाइन्समा पीडितहरुको टिकट काट्नमा सहयोग गरी कतिपय आवस्थामा एयरपोर्ट समेत पुर्याएर समाज सेवीमा कुमाल अहोरात्र खटिरहेका छन् ।

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology