Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रवासी नेपाली एकता मञ्च ओमान द्वारा नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबैलाई कडा कार्वाही गर्न माग 

प्रवासी नेपाली एकता मञ्च ओमान द्वारा नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबैलाई कडा कार्वाही गर्न माग 

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १०, २०८० बुधवार • ०९:४४:१५ बजे
  • 625
    SHARES
  • प्रवासी नेपाली एकता मञ्च ओमान द्वारा नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबैलाई कडा कार्वाही गर्न माग 

    ओमान । प्रवासी नेपाली एकता मञ्च ओमान द्वारा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने जस्तो जघन्य अपराध कार्यमा नेपालका केही राजनैतिक दलका शीर्ष नेताहरु, तिनका परिवार साथै  उच्चपदस्त कर्मचारीहरु समेतको संलग्नता रहेको भन्दै नेपाली राजदुतावास ओमान मस्कट मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । 

    images

    ज्ञापनपत्रमा अपराधीक कार्यमा संलग्न रहेकाहरुलाई नेपाल सरकारले पक्राउ पुर्जी जारी गर्दै नेपाल प्रहरीलाई पक्राउ गर्न आदेश दिई पक्राउ गरि छानबिन पनि भइरहेको छ । यस्तो जघन्य अपराध गर्ने प्रति गहिरो छानबिन गरि कठघरामा उभ्याउन प्रवासी नेपाली एकता मन्च ओमान ध्यानाकर्षण भएको ज्ञापनपत्रमा उल्लेख छ । 


      प्रधानमन्त्रीलाई ज्ञापनपत्र

     

    प्रवासि नेपाली एकता मञ्च ओमानको तर्फबाट ज्ञापनपत्र, 


    सम्माननीय प्रधानमन्त्री ज्यु ,  

                          
    नेपाल सरकार सिंहदरबार काठमाडौं नेपाल।
    मार्फत : नेपाली राजदुतावास ओमान मस्कट ,


    विषय : ज्ञापनपत्र 


              उपराेक्त सम्बन्धमा बिगत केही दिनबाट नेपाली नागरिकहरुलाई गैरकानुनी  बाटोबाट माेटाे रकम असुल गरि नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने जस्तो जघन्य अपराध कार्यमा नेपालका केही राजनैतिक दलका शीर्ष नेताहरु, तिनका परिवार साथै  उच्चपदस्त कर्मचारीहरु समेतको संलग्नता  रहेको खुलासा हुन आएकाे र उक्त अपराधीक कार्यमा संलग्न रहेकाहरुलाई नेपाल सरकारले पक्राउ पुर्जी जारी गर्दै नेपाल प्रहरीलाई पक्राउ गर्न आदेश दिई पक्राउ गरि छानबिन पनि भइरहेको छ । यस्तो जघन्य अपराध प्रति हाम्रो गौरवशाली संगठन प्रवासी नेपाली एकता मन्च ओमानकाे गम्भीर ध्यानाकर्षण भएको छ। यस जघन्य अपराधमा संलग्नहरु प्रति घाेर निन्दा एवं भर्त्सना गर्दै घटनामा संलग्न भएका जाेसुकैलाई कुनै पनि तवरबाट बचाउ नगरीकन निष्पक्ष रुपमा छानबिन गरि हदै सम्मको कारबाहीको लागि नेपाल सरकार समक्ष हाम्रो संगठनको जाेडदार माग रहेको छ।
                        अध्यक्ष:- लिलानाथ कोइराला 
                       महासचिव:-तेजबहादुर तामाङ(प्रेम)                                                      
                        प्रवासी नेपाली एकता मन्च ओमान
                              मस्कट राष्ट्रिय कमिटी।

    55.JPG

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology