कुवेत - कुवेतमा नवलपरासीका ओम प्रकाश चौधरीको निधन भएको छ । कुवेतको फर्वानिया अस्पतालमा उच्च रक्तचापको कारण हार्ट स्ट्रोक भएर बिगत १३ दिन देखि उपचाररत नवलपरासी सुता पुर्व देवचुली-२ का ओम प्रकाश चौधरीको २३ मे का दिन निधन भएको हो ।
कुवेतमा बिगत ८ महिना देखि अल अहमदिया जनरल ट्रेडिङ एण्ड कन्ट्राक्टिङ कम्पनीमा राहदानी नं PA 0216135 वाहक चौधरी हेभी ड्राइभरको रुपमा कार्यरत थिए । केही दिन पहिले एनआरएनए एनसीसी कुवेतका अध्यक्ष सहितको टोलिले समेत उनको स्वास्थ्य अवस्था बारेमा जानकारी लिन अपस्ताल पुगेका थिए । उनको उपचारमा खटिएका स्वास्थ्य कर्मीले स्वास्थ्य अवस्था निकै नाजुक रहेको बताएका थिए ।
नेपाली दूतावास कुवेतले उनको निधन भएको आधिकारिक जानकारी आइसकेको जनाएको छ । मृतकको शव छिटोभन्दा छिटो स्वदेश फर्काउन पहल गरिने दूतावास श्रोतले बताएको छ ।