कुवेतको ‘पब्लिक अथोरिटी फर म्यानपावर’ले जूनको सुरुदेखि अगष्टको अन्त्यसम्म चर्को घाममा काम गर्नका लागि रोक लगाउने निर्णय गरेको छ ।
उच्च गर्मीमा बाहिर काम गर्दा श्रमिकको ज्यान जाने खतरा हुने भएकाले जून, जुलाई र अगष्ट महिनामा बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म खुला स्थानमा काम गर्न नपाउने निर्णय गरेको हो । श्रमिकले लगातार चर्को गर्मीमा काम गर्दा शरीरमा पानीको मात्रा कम हुने र त्यसले श्रमिकको मृगौलामा प्रत्यक्ष असर पर्ने विश्व स्वास्थ्य संगठनले बताउने गरेको छ । जून , जुलाई र अगष्ट महिनामा अत्याधिक गर्मी बढ्ने हुदा खुला स्थानमा काम गर्न कठिन हुन्छ ।
पीएएमस्रोतका अनुसार निर्णय उल्लङ्घन गर्ने रोजगारदाता तथा कम्पनीलाई कानूनी कारबाहीको दायरामा लिने जनाएको छ । तीन महिना सम्म नै कार्यस्थलहरुमा अनुगमन गर्ने जनाएको छ । यो निर्णयले खुला स्थानमा काम गर्ने कामदारहरूलाई गर्मीको मौसममा चर्को घामबाट जोगाउने छ । कुवेतमा विभिन्न क्षेत्रमा करिब ६० हजार भन्दा बढी नेपाली कार्यरत छन ।