Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

स्वीडेनले सेक्स च्याम्पियनसिप प्रतियोगिता गर्दै

स्वीडेनले सेक्स च्याम्पियनसिप प्रतियोगिता गर्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २१, २०८० आइतवार • १०:५८:५३ बजे
  • 808
    SHARES
  • स्वीडेनले सेक्स च्याम्पियनसिप प्रतियोगिता गर्दै

    संसारमा असंख्य प्रकारका खेल छन् जो सार्वजनिक रुपमा तन्दरुस्ती र मनोरञ्जनका लागि खेलिन्छन् । यही सूचिमा एउटा नयाँ खेल पनि थपिएको छ । युरोपेली मुलुक स्विडेनले यौन सम्पर्कलाई पनि खेलको सूचिमा समावेश गरेको छ ।

    images

    सुन्दा पत्याउनै मुस्किल पर्छ । मानिसको गोप्य शारीरिक सम्बन्धको कुरा पनि कसरी खेल बन्न सक्छ ? तर स्विडेनमा सेक्सले केबल खेलको मान्यता मात्र पाएको छैन त्यहाँ स्विडिस सेक्स खेल महासंघ नै गठन भएको छ । यो महासंघले ८ जूनभन्दा अगाडि नै पहिलोपटक युरोपियन सेक्स च्याम्पियनसीप प्रतियोगिताको आयोजना गर्दैछ ।

    हरेक दिन ६ घण्टाको प्रतिस्पर्धा स्विडिस सेक्स फेडरेसनको सो सेक्स च्याम्पियनशीप प्रतियोगिता केही हप्तासम्म चल्नेछ । यसमा सहभागी प्रतिस्पर्धीहरुले हरेक दिन ६ घण्टाका लागि प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । समाचार अनुसार प्रतिस्पर्धीसँग आफ्ना खेल वा क्रियाकलापहरुमा सहभागी हुनका लागि ४५ मिनेटदेखि १ घण्टासम्मको समय हुनेछ ।

    तीनजना निर्णायक मण्डल तथा दर्शकहरुको भोटको आधारमा विजेता छनोट गरिनेछ । प्रत्येक विषयमा ५ देखि १० को बीचमा अंक प्रदान गरिनेछ । विभिन्न १६ वटा विधामा प्रतिस्पर्धा हुनेछ । जसमा सेडक्सनदेखि बडी मसाजसम्मका क्रियाकलाप सामेल छन् । हालसम्म यो प्रतियोगितामा सहभागिता जनाउनका लागि युरोपका विभिन्न २० देशबाट मानिसहरुले आवेदन दिइसकेको बताइएको छ ।

    युरोपेली सेक्स च्याम्पियनसीपले विविधतालाई महत्व दिने र कुनै पनि लिंगका व्यक्ति प्रतियोगितामा भाग लिनसक्ने जनाएको छ । आयोजकहरुका अनुसार सेक्सुअल ओरिन्टेसन अर्थात् यौन आकर्षणले यो खेलमा एक रणनीतिक भूमिका निर्वाह गर्न सक्दछ ।

    आयोजकले भनेको छ– खेल रणनीतिको हिस्साको रुपमा सेक्सुअल ओरिएन्टेसनको महत्वपूर्ण विकास युरोपेली देशहरुका बीचमा हुनेछ । स्विडिस फेडेरेसन अफ सेक्सका अध्यक्ष ड्रागन ब्रेटिकका अनुसार एउटा खेलको रुपमा सेक्सलाई मान्यता दिनु अत्यावश्यक थियो ।

    उनले यौनिक क्रियाकलापको माध्यमबाट शारीरिक तथा मानसिक स्वास्थ्यमा सुधारका सम्भावनाहरुको बारेमा पनि चर्चा गरेका छन् । उनका अनुसार कुनैपनि अन्य खेलकुदमा जस्तै सेक्समा पनि जित्नका लागि तालिमको आवश्यकता पर्दछ । त्यसैले मानिसहरुका लागि यो विधामा पनि प्रतिस्पर्धा गराउनु तर्कसंगत छ ।

    के हो सेक्सुअल ओरिएन्टेसन ?

    फरक–फरक मानिसहरुले छुट्टा–छ्ट्टै खालको सेक्सुअल ओरिएन्टेसन अर्थात् यौन आकर्षणको महसूस गर्न सक्दछन् । यसमा अधिकांश विपरीत लिंगीप्रति आकर्षित हुन्छन् भने कतिपय आफ्नै लिंगको व्यक्तिसँग वा दुवै लिंगका व्यक्तिसँग पनि आकर्षित हुन्छन् । सेक्स च्याम्पियनसीपले यो यौन आकर्षणलाई खेल रणनीतिको हिस्साको रुपमा स्थापित गर्ने दाबी गरिएको छ । –एजेन्सी

  • सम्बन्धित विषय:

  • # स्वीडेनले सेक्स
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology