Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सम्झना हत्या प्रकरण : तातिएको सामाजिक सञ्जाल ,के न्याय होला ?

सम्झना हत्या प्रकरण : तातिएको सामाजिक सञ्जाल ,के न्याय होला ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ११, २०७७ आइतवार • ०८:१४:३० बजे
  • 1.7K
    SHARES
  • सम्झना हत्या प्रकरण : तातिएको सामाजिक सञ्जाल ,के न्याय होला ?

    बझाङको मष्टा गाउँपालिका २ की १२ वर्षीया सम्झना कामीको मृत्युको खबरसँगै पुन सामाजिक सञ्जाल तातिएको छ । यस घटनाको सत्यतथ्य छानविनको लागि राजधानीमा प्रर्दशन नै सुरु गरेका छन् ।बुधबार साँझ घरबाट गोठमा गाईभैंसी बाध्न हिँडेकी सम्झनाले गोठ पुग्न नपाउँदै बीच बाटोमा मृत्युवरण गरिन् । निर्वस्त्र भेटिएको सम्झनाको शरीरभर निलडाम र टाउकोमा चोट देखिएकाले उनको बलात्कार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
    bajhang_bohara1_6_10.jpg

    images

    घटनामा संलग्न भएको आशंकामा छिमेकी अन्दाजी २० वर्षका राजेन्द्र बोहोरालाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ । प्रारम्भिक अनुसन्धानमा बोहराले घटनामा संलग्नता इन्कार गरिरहेका छन् ।अनुसन्धानमा अहिलेसम्म फेला परेको प्रमाणहरु हेर्दा बोहोराले नै यो घटना घटाएको हुनसक्ने बझाङका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । यस विषयमा अझै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
    सम्झना मष्टा निमाविको कक्षा ६ मा अध्ययन गर्थिन् । घरकी ठूली छोरी सम्झना हजुरबुवा र हजुरआमासँग बस्दै आएकी थिइन् । उनको आमा बाबु रोजगारीका लागि भारतमा छन् । बाबु शनिबार घर आइपुग्ने वडा नम्बर २ का वडा अध्यक्ष शेष बहादुर खड्काले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # जातिय बिभेद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology