Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपाल-युएई श्रम सम्झौता नवीकरण

नेपाल-युएई श्रम सम्झौता नवीकरण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ३१, २०८० बुधवार • १९:०९:५६ बजे
  • 757
    SHARES
  • नेपाल-युएई श्रम सम्झौता नवीकरण

    नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीच श्रम सम्झौता बुधबार नवीकरण भएको छ ।

    images

    यसअघि शून्य लागतमा श्रमिक जान पाउने गरी भएको सम्झौता नविकरण गरिएको हो । नेपाल र यूएईका उच्च श्रम अधिकारीबीच काठमाडौंमा भएको उच्चस्तरीय संयुक्त समितिको बैठकले श्रम सम्झौता नवीकरण गरेको हो ।

    चार वर्षअघि नेपाल र यूएईबीच श्रम सम्झौता भएको थियो । उक्त सम्झौताको म्याद बुधबार सकिँदै थियो । बैठकमा नेपालको तर्फबाट नेतृत्व गरेका श्रम मन्त्रालयको रोजगार व्यवस्थापन महाशाखा प्रमुख राजीव पोखरेलका अनुसार नैतिक भर्ना प्रक्रियालाई नै प्रोत्साहन गर्ने गरी श्रम सम्झौता नवीकरण भएको छ ।

    यूएईको तर्फबाट भने समकक्षी अब्दुल्लह अली अलनुयमीले गरेका थिए । सम्झौतमा अनुसार रोजगारदाताको कमी कमजोरीका कारण कामदार बेरोजगार हुनुपर्ने अवस्था आएमा कामदारले वैकल्पिक रोजगारीको खोजी गर्ने सक्ने छ ।

    बुधबारको बैठकमा यूएई पक्षले श्रमिक रोजगारविहीन भएमा तीन महिनासम्मको बेरोजगार भत्ता पाउने गरी श्रमिकको अनिवार्य २४ घण्टाको बिमा नीति लागू गरिएको जानकारी दिइएको छ ।

    यस्तै, श्रम सम्झौताले सबै विदेशी श्रमिकलाई समान व्यवहार गर्ने, महिला श्रमिकको लागि श्रमिक कल्याण र सुरक्षाका विशेष उपायहरु सुनिश्चित गर्ने राहदानीलगायत व्यक्तिगत परिचयसम्बन्धी कागजात श्रमिककै साथमा रहन पाउने, श्रमिक र रोजगारदाताबीच विवाद उत्पन्न भई अदालतमा मुद्दा परी विचाराधीन रहेको अवस्थामा कामदारलाई कुनै लागत वा शुल्क नलाग्ने गरी कानुनी उपचारको प्रत्याभूति मिलाइने लगायतका विषय समेटिएको छ ।

    यूएईले आफूहरुले घरेलु श्रमिकको सुरक्षाका लागि नीतिगत सुधार गरेकाले नेपाललाई घरेलु श्रमिक पठाउन आग्रह गरेको थियो । यूएईले तीन वर्ष अगाडि नै घरेलु श्रमिक पठाउन प्रोटोकलमा गरिएको सहमतिलाई कार्यान्वयन गर्न आग्रह गरेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology