Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कुवेतको फाहाहिलमा चौतारी नेपाली रेस्टुरेन्ट सञ्चालन

कुवेतको फाहाहिलमा चौतारी नेपाली रेस्टुरेन्ट सञ्चालन

चन्द्र गाेतामे

चन्द्र गाेतामे

आषाढ २, २०८० शनिवार • १८:५२:०९ बजे
  • 1.9K
    SHARES
  • कुवेतको फाहाहिलमा चौतारी नेपाली रेस्टुरेन्ट  सञ्चालन

    कुवेत - वैदेशिक रोजगारीका सिलसिलामा कुवेतमा आउने श्रमिकहरुको संख्या बढेसँगै नेपाली लगायत फिलिपिन्स, ईन्डीयन र भुटानीजहरुलाई लक्षित गर्दै व्यवसाय गर्ने क्रम पनि बढिरेको छ ।

    images

    कुवेतको फाहाहिलस्थित सिटी क्लिनिक नजिकै चौतारी नेपाली रेस्टुरेन्टले नयाँ चौथो शाखा शुभारम्भ गरेको छ । कुवेतमा लामो समय बिताएका युवा व्यवसायीहरु सुजन केसी, राजु कार्की, शिब कोईराला र सन्तोष तामाङको संयुक्त लगानीमा १६ जूनदेखि चौतारी नेपाली रेस्टुरेन्टको नयाँ चौथो शाखा औपचारिक रुपमा सञ्चालनमा आएको छ । कुवेतमा नेपालीहरुलाई लक्षित गरी सञ्चालनमा आएका नेपाली व्यावसायीहरु पनि बढिरहेकै छन् । 

    रेस्टुरेन्टमा मम, चाउमिन, सेलरोटी, ढिडो, सुकुटी, खाजासेट, आलु साँधेको, भटमास साँधेको, बेलपुरी, पानीपुरी र चाट जस्ता नेपालीहरूले रुचाउने खानेकुरा पाइने  छ । साथै इन्डियन, चाईनिज, भुटानी र फिलिपिनी खाना समेत पाईने छ । रेस्टुरेन्टको शुभारम्भ समारोहमा नेपाली दूतावास कुवेतका कार्यवाहक राजदूत सुजनी राना , गैर आवासीय नेपाली संघ समन्वय परिषद् कुवेतका अध्यक्ष रणध्वज लामा , कुवेतको नेपाली समाजका कृयाशिल बिभिन्न सँघ-संस्थाका प्रतिनिधि, पत्रकार लगायतको उपस्थित रहेको थियो ।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology