Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गोली चल्दा साउदीस्थित अमेरिकी दूतावासमा कार्यरत नेपाली सुरक्षागार्डको मृत्यु

गोली चल्दा साउदीस्थित अमेरिकी दूतावासमा कार्यरत नेपाली सुरक्षागार्डको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १४, २०८० बिहिवार • १०:२५:२३ बजे
  • 751
    SHARES
  • गोली चल्दा साउदीस्थित अमेरिकी दूतावासमा कार्यरत नेपाली सुरक्षागार्डको मृत्यु

    साउदी अरबको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षागार्डको मृत्यु भएको छ ।

    images

    अल जजिराका अनुसार यो घटना बुधबार भएको हो । समाचार अनुसार कारमा सवार एक व्यक्ति जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास अगाडि बन्दुक लिएर ओर्लिएका थिए ।

    त्यसपछि सुरक्षाकर्मीहरुले उनलाई नियन्त्रणको प्रयास गर्दा गोली चलेको थियो । त्यही गोलीबारीमा बन्दुकधारी र नेपाली सुरक्षा गार्ड गरी दुई जनाको मृत्यु भएको बताइएको छ ।

    मृत्यु भएका नेपाली सुरक्षागार्डको नाम ठेगाना खुलाइएको छैन । साउदी प्रेस एजेन्सी (एसपीए)ले पनि घटनामा अमेरिकी वाणिज्य दूतावासको सुरक्षामा खटिएका नेपालीको मृत्यु भएको जनाएको छ । उद्यपी यनको पहिचान खुलाइएको छैन ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology