Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नेपाली व्यवसायी संगठित 

पोल्याण्डका नेपाली व्यवसायी संगठित 

पोल्याण्डका नेपाली व्यवसायी संगठित 

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १२, २०७७ सोमवार • ०८:३२:३६ बजे
  • 1.8K
    SHARES
  • पोल्याण्डका नेपाली व्यवसायी संगठित 
    शेरबहादुर परियार,पोल्याण्ड/  पोल्याण्डमा रहेका नेपाली मूलका व्यवसायी,उद्यमी,पेशाकर्मी तथा स्वरोजगारहरुलाई संगठित गर्दै नेपाली व्यवसायी संघ पोल्याण्डको गठन भएको  छ।

    पोल्याण्डका लागि नेपाली पर्यटन दूत तथा व्यवसायी डाक्टर उदय देव आचार्यको अध्यक्षतामा गठन भएको व्यवसायी संघको उपाध्यक्ष रिता न्यौपाने सचिव आनन्द घिमिरे र सदस्यहरुमा नरेश सापकोटा,अमितकुमार यादव,अनुपा रेग्मी र राजेश कार्की रहेका छन्। त्यसै गरी लेखा समितिमा टंक कटुवाल, मित्रलाल पार्दे र अक्षय रिजाल चयन भएका छन्। १७ जना संस्थापक सदस्यहरु रहेको व्यवसायी संघको जिवन केसी,गणेश थापा, प्रेमलाल गैरे,इश्वर देवकोटा,शेरबहादुर परियार, प्रकाश तिवारी र रामचन्द्र न्यौपाने साधारण सदस्य रहेका छन्।

    20200927_204417.jpg
    "पोलिस सरकारको कानुनी प्रक्रिया अनुसारको दर्ता प्रक्रियाको सम्पूर्ण तयारी पुरा गरिसकेका छौं,अब केही दिनमा नै दर्ताको काम पुरा हुनेछ " अध्यक्ष डाक्टर आचार्यका अनुसार नेपालसँग सम्बन्धित नेपाली कम्पनीहरु र पोलिश कम्पनीहरुको संगठित र सामूहिक प्रतिनिधि बनाउने,पोल्याण्डका नेपाली व्यवसायी बिच सामुहिक सहयोग आदनप्रदान,नेपालमा पोलिश लगानी गर्न संस्थागत पहल गर्ने,द्विदेशीय बिच संयुक्त उद्यमहरू अभिवृद्धि गर्ने,नेपाललाई पोलिश जनताका लागि पर्यटनको आकर्षण गन्तव्य बनाउन प्रचारप्रसार गर्ने र नेपाल जानका लागि प्रोत्साहन गर्ने, आयात निर्यातमा महत्वपूर्ण योगदान गर्ने, पोलिश नेपाल वाणिज्य कार्यलयको स्थापना गर्ने जसको लागि नेपाली मूलका व्यवसायी  संघसंस्था र पोलिस नागरिक बिच सेमिनार छलफल लगायतका कार्यक्रमहरु गर्ने प्रारम्भिक कार्ययोजना रहेको बताए।

    "पछिल्लो केही महिना देखि हामी बिचको  निरन्तरको छलफल तथा सकरात्मक प्रयासले हामी संगठित हुने निष्कर्षमा पुगेका हौं" व्यवसायी संघका सचिव आनन्द घिमिरे बताउँछन्।"

    सचिव घिमिरे  पोलिस सरकारको कानुनी प्रक्रिया अनुसारको दर्ता प्रक्रियाको सम्पूर्ण तयारी पुरा गरिसकेका छौं,अब केही दिनमा नै दर्ताको काम पुरा हुने बताउँछन्। 

    पछिल्लो समय युरोपेली मुलुक पोल्याण्ड नेपालीहरुको आकर्षक गन्तव्य रहदै आएको छ।पोल्याण्डमा रहेका नेपाली मुलका व्यवसायीहरु रेस्टुरेन्ट, होस्टेल,नेपाली हस्तकला, कन्सल्टेन्सी ,अनलाइन व्यवसाय,ई-कमर्स, खाद्यान्न पसल लगायतका व्यवसायमा संलग्न छन्। कोभिड-१९ को समस्याको कारणले गर्दा पोल्याण्डमा नेपाली व्यवसाय समस्याग्रस्त भएकोमा अहिले भने  केही सकरात्मक संकेतहरु देखिन थालेका छन्।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology