Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

५ जना मृतावस्थामा फेला

५ जना मृतावस्थामा फेला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २३, २०८० शनिवार • १७:०९:२६ बजे
  • 715
    SHARES
  • ५ जना मृतावस्थामा फेला

    देशका विभिन्न स्थानमा ५ जना मृतावस्थामा फेला परेका छन् ।

    images

    नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षाका अनुसार कास्कीको रूपा गाउँपालिका-३ चिनढुङ्गामा सोही गाउँपालिका-७ बृदिखोला सिचाई आयोजनामा काम गर्ने दाङ दुबिचौर घर भएका ४५ वर्षीय दिपेश पुन मृतावस्थामा फेला परेका छन् ।

    यसैगरी धनकुटाको महालक्ष्मी नगरपालिका-४ चानुवा बगर बस्ने ८८ वर्षीय जय बहादुर भण्डारी पनि सोही नगरपालिका-४ स्थित खेतमा मृत अवस्थामा फेला परेका छन् ।

    यसैगरी मुस्ताङको लोमान्थाङ गाउँपालिका-५ स्थित लोमान्थाङमा खोलाको काठेपुलमुनी चितवन माडी नगरपालिका-९ गणेशकुञ्ज बस्ने ४२ वर्षीय याम बहादुर गिरी शनिबार मृत अवस्थामा फेला परेका छन् । हुम्लाको नाम्खा गाउँपालिका-५ नारालेकमा पनि हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरूष मृत अवस्थामा फेला परेका छन् ।

    यसैबीच लमजुङ, मध्यनेपाल नगरपालिका-७ रामबजारस्थित खहरे प्रतिक्षालयमा एक व्यक्ति मृत फेला परेका छन् । हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरूष मृत अवस्थामा फेला परेका हुन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको समाचार कक्षले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology