Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाल आदिवासी जनजाती महासंघ कुवेतले आगामी १८ अगष्टमा चौथो अधिवेशन गर्दै

नेपाल आदिवासी जनजाती महासंघ कुवेतले आगामी १८ अगष्टमा चौथो अधिवेशन गर्दै

चन्द्र गाेतामे

चन्द्र गाेतामे

आषाढ २३, २०८० शनिवार • २२:५२:११ बजे
  • 1.4K
    SHARES
  • नेपाल आदिवासी जनजाती महासंघ कुवेतले  आगामी १८ अगष्टमा चौथो अधिवेशन गर्दै

    कुवेत - नेपाल आदिवासी जनजाती महासंघ कुवेतले चौथो अधिवेशन आगामी १८ अगष्टमा गर्ने  भएको छ । 

    images

    नेपाल आदिवासी जनजाती महासंघ कुवेतले २९ औं विश्व आदिवासी दिवसको अवसरमा चौथो अधिवेशनको तय गरेको हो । विश्वका आदिवासी जनजातीहरुलाई एकताबद्ध गरी हक हितको संरक्षण गर्न गराउन हरेक बर्ष '९ अगष्ट' का दिन विश्व आदिवासी दिवस मनाउने गरिन्छ । 

    कुवेतमा रहेका जनजातीहरु र कृयाशिल जातिय संस्थाहरुको छाता संस्थाका रुपमा २०१४ मा स्थापित नेपाल आदिवासी जनजाती महासंघ कुवेत शाखाले 'विश्व आदिवासी दिवस' तथा आफ्नो चौथो कार्यकालको निम्ती ऐतिहासिक अधिवेशन सम्पन्न गर्न लागेको हो ।महासंघले अधिवेशनका लागि आफ्नो गृहकार्य सुरु  गर्दै बिभिन्न कार्यबिभाजन गरेको छ । 

    कुवेतमा कृयाशिल जातीय संस्थाहरुको अभिभावकत्व निर्वाह गर्ने नेपाल आदिवासी जनजाती महासंघ कुवेत शाखामा आबद्ध सस्थाहरु तमू समाज कुबेत , नेपाल तामाङ घेदुङ कुवेत, नेपाल मगर संघ कुबेत, किरात राई यायोक्खा कुबेत, किरात याक्थुङ चुम्लुङ, कुबेत, तमू प्ये ल्हु संघ शाखा कुवेत, सुनुवार सेवा समाज कुबेत र नेवा:गूठी कुवेत छन 

    कार्यक्रम सम्वन्धी थप जानकारी :
    कार्यक्रम: चौथो ऐतिहासिक अधिवेशन तथा २९औं विश्व आदिवासी दिवस 
    मिति: १८ अगष्ट  २०२३ शुक्रबार
    समय: बिहान् ठिक ११ बजे 
    स्थान : केही समय पश्चात तय हुने ।
    आयोजक: आदिवासी जनजाति महासंघ कुवेत

  • सम्बन्धित विषय:

  • # कुवेत
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology