Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कुवेतको समुन्द्रमा डुबेर एक नेपालीको निधन, दुई नेपाली सिकिस्त

कुवेतको समुन्द्रमा डुबेर एक नेपालीको निधन, दुई नेपाली सिकिस्त

चन्द्र गाेतामे

चन्द्र गाेतामे

श्रावण १, २०८० सोमवार • १९:१५:३३ बजे
  • 4.1K
    SHARES
  • कुवेतको समुन्द्रमा डुबेर एक नेपालीको निधन, दुई नेपाली सिकिस्त

    कुवेतको साल्मियास्थित समुन्द्रमा पौडी खेल्ने क्रममा डुबेर एक जना नेपालीको ज्यान गएको छ । 

    images

    वैदेशिक रोजगारीको सिलसिलामा कुवेत गएका बागलुङका राजन छन्त्यालको गत शनिवार समुन्द्रमा पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको हो । त्यसैगरी पौडी खेल्ने क्रममा दुई जना नेपाली डुबेर सिकिस्त भएका छन ।  कुवेत प्रहरीको सहयोगमा अस्पतालमा उपचाररत उनीहरुको परिचय खुल्न सकेको छैन 
     
    समुन्द्रमा पौडी खेल्ने क्रममा पानीको छालले  तानेर मृतक र अन्य दुई जनालाई निक्कै टाढा पुर्याएको थियो । उनीहरु सङ्गै गएका साथीहरुले उद्दार त गरे तर एक जनाको ज्यान बचाउन सकेनन । अन्य दुईजनाको स्वास्थ्य अवस्था गम्भिर छ  । पछिल्लो समय कुवेतमा गर्मी बढे सङ्गै समुन्द्रको तीरमा पौडी खेल्न जाने मानिसको भीडभाड हुन थालेको छ । 

    नेपाली दूतावास कुवेतमा राजन छन्त्यालको शवको बारेमा कुवेत प्रहरीले प्रारम्भिक जानकारी  गराइसकेको छ । मृतकको  शव पठाउन प्रक्रिया समेत अगाडी बढिसकेको दूतावास श्रोतले जानकारी गराएको छ ।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology