कुवेतमा ओखलढुङ्गाका मान बहादुर भुजेलको तेल निकाल्ने मेसिनमा च्यापिएर निधन भएको छ ।
वैदेशिक रोजगारीको सिलसिलामा कुवेत गएका ओखलढुङ्गा शिद्धिचरण गाउँपालिका-११ का मान बहादुर भुजेलको गत आइतवार तेल उत्खनन गर्ने मेसिनमा च्यापिएर निधन भएको हो । भुजेलले kuwait Oil compny (KOC) अन्तरगत अबदाली युएन भन्ने ठाँउमा मेसिनमा च्यापिएर घटनास्थल मै ज्यान गुमाएका हुन ।
विगत १६ बर्षदेखि कुवेतलाई कर्मथलो बनाएका ४६ वर्षीय भुजेल स्पिडको (speedco) कम्पनिमा ३ वर्षदेखि कार्यरत थिए । कुवेतस्थित मङ्गाफमा परिवारका साथ बस्दै आएका थिए । उनको श्रीमती पनि कुवेत मै कार्यरत छिन । उनको एक नाबालक छोरालाई अध्ययनका लागि केही महिना अगाडी नेपाल मै छोडेर गएका थिए ।
नेपाली दूतावास कुवेतमा उनको निधन भएको प्रारम्भिक जानकारी गराईसकेको मृतकको श्रीमतिले जानकारी दिएकी छिन । मृतकको शव फर्वानिया अस्पतालमा राखिएको छ । श्रीमानको शव नेपाल पठाउन आवश्यक कानूनी प्रकृयाको लागि सहयोग गरिदिन नेपाली दूतावास कुवेत र गैर आवासीय नेपाली संघ कुवेतलाई अनुरोध समेत गरेकी छन ।