कुवेत - गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतको आठौं अधिवेशनबाट अध्यक्षमा पुन: रनध्वज लामा निर्वाचित भएका छन ।
कुवेत सिटीको मालियास्थित INN & GO होटलमा २१ जुलाई शुक्रवारको दिन सम्पन्न आठौं अधिवेशनले रणध्वज लामालाई पुनः दोश्रो कार्यकालको लागि अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

रनध्वज लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली राजदूतावास कुवेतकी कार्यवाहक राजदूत तथा काउन्सेलर सुजनी रानाको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका केन्द्रिय उपाध्यक्ष आर.के.शर्मा, युवा उपाध्यक्ष राज शर्मा, केन्द्रिय सचिव प्रविण गुरूङ र मध्यपूर्व उप-संयोजक अमित राइ लगायतको विशेष आतिथ्यता एवं एनसीसी कुवेतका संरक्षक एवं पुर्व अध्यक्ष राजेन्द्र तामाङ, संरक्षक एवं पुर्व अध्यक्ष सुजन के.सी , पत्रकार महासंघ कुवेतका अध्यक्ष नबराज पन्थी, कुवेतस्थित नेपालका विभिन्न राजनीतिक दलका भातृ संगठनका प्रमुख/प्रतिनिधि लगायत तथा कुवेतमा कृयाशिल संघ संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो । कार्यक्रम महासचिब मान बहादुर तामाङ र प्रवक्ता केशर घलान तामाङले संचालन गरेका थिए ।

एनआरएनए कुवेतको आठौं अधिवेशन बाट आइसीसी सदस्यमा हरि लावती, अध्यक्षमा रणध्वज लामा, वरिष्ठ उपाध्यक्षमा मान बहादुर तामाङ, होम नाथ गिरि, उपाध्यक्षमा रमिता तामाङ (महिला उपाध्यक्ष), निरन्जन सिंह ठकुरी, दामोदर बटाला, मोहन राई, बिकास बहादुर सिंह, महासचिवमा मनिश के.सी., सचिवमा बिजय धामी, मन कुमार राई, कोषाध्यक्षमा सोनाम लामा, सह कोषाध्यक्षमा जिवन निरौला, युवा संयोजकमा आङ नोर्बु शेर्पा, महिला संयोजकमा सजिना गुरुङ, युवा सह संयोजकमा छेनाम तामाङ, महिला सह संयोजकमा माया देवी राई पाण्डे, सदस्यहरुमा सुर्य कुमार लामा, दुर्गा कुमारी ओली, रुपक थापा, मोहम्मद आलमगिर अन्सारी, राजु पुन मगर, राजु धिमाल, प्रकाश राई, उमेश राई, सुब्बा फ्युबा तामाङ, सुरज राई, पेमा दोर्जे लामा, अशोक साह सोनार,चित्र बहादुर थापा र लाल बहादुर सुनुवार निर्वाचित भएका छन ।