Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

एफएनजे कुवेतले मनायो १४ औं स्थापना दिवस, स्व. माधव शाही स्मृति पत्रकारिता पुरस्कार हरी बानियाँलाई

एफएनजे कुवेतले मनायो १४ औं स्थापना दिवस, स्व. माधव शाही स्मृति पत्रकारिता पुरस्कार हरी बानियाँलाई

चन्द्र गाेतामे

चन्द्र गाेतामे

श्रावण १३, २०८० शनिवार • १९:१४:४४ बजे
  • 2.1K
    SHARES
  • एफएनजे कुवेतले मनायो १४ औं स्थापना दिवस, स्व. माधव शाही स्मृति पत्रकारिता पुरस्कार हरी बानियाँलाई

    कुवेत- नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले १४ औं स्थापना दिवस भव्यरुपमा मनाएको छ । नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको १४ औं स्थापना दिवसको अवसरमा स्व. माधव शाही स्मृति प्रवासी परोपकारी पत्रकारिता पुरस्कारबाट सह - सचिव हरी बानियाँ पुरस्कृत भएका छन ।

    images

    IMG_8975.jpeg
    कुवेतको  सालमियास्थित डाम्पा रेस्टुरेन्टमा २८ जुलाई शुक्रबारका दिन अध्यक्ष नबराज पन्थीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली दूतावास कुवेतकी कार्यवाहक राजदूत सुजनी राणाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाली दूतावास कुवेतको प्रथम सचिव प्रेमराज गौतम, द्वितीय सचिव श्रीकृष्ण सिलवाल, तृतिय सचिव रेवन्त केसी, श्रम सहचारी हेम कुमार अधिकारी, एनआरएन एनसीसी कुवेतका अध्यक्ष रणध्वज , आइसीसी सदस्य हरि लावती, माधव पौडेल, मध्य पूर्व - उप-संयोजक अमित राई, बीईसी एक्सचेञ्ज कुवेतका डम्बर गुरुङ , नेपाली जनसम्पर्क समिति कुवेतका सभापति राजेन्द्र बिरही रसाईली, जन प्रगतिशिल मन्च कुवेतका अध्यक्ष मनु भुजेल, प्रवासी नेपाली एकता मन्च प्रवास समन्वय कमिटि कुवेतका अध्यक्ष युवराज गैरे, राष्ट्रिय स्वतन्त्र पार्टी सम्पर्क विभाग कुवेतका सभापति युवराज बस्याल , कुवेत नेपाली एकता समाजका महासचिव खुम रायमाझी, स्वर्गीय माधव शाहीको दाजु इरेण शाही, कुवेतमा कृयाशिल विभिन्न संघ - संस्थाका प्रतिनिधि, व्यवसायी लगायतको आतिथ्यता रहेका थियो ।
    IMG_8971.jpeg 

    नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका सचिब चन्द गोतामेको कार्यक्रम संचालन रहेको कार्यक्रममा राष्ट्रिय गान पश्चात् सभापति , प्रमुख अतिथि , विशिष्ट अतिथि लगायतले पानसमा दीप प्रज्वलन गरि केक काटी कार्यक्रमको उद्घाटन गरिएको थियो । सह-सचिव हरि बानियाँले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा सदस्य स्व. माधब शाही र पूर्व सह-सचिब स्व. गोपाल शिवाको सम्झनामा एक मिनेट मौन धारणा गरिएको थियो । ऐरावती गाउँपालिका-४, प्यूठान स्थायी घर भई रोजगारका लागि कुवेत आएका  स्व. माधव शाहीको अल मुवारक अस्पतालमा आईसीयुमा उपचारको क्रममा ३६ वर्षको उमेरमा १४ अक्टोवर २०२१ को दिन निधन भएको थियो । त्यस्तै काठमाडाको पेप्सीकोला घर भएका पूर्व सह - सचिव गोपाल शिवा कोभिड-१९  सङ्क्रमित भई बि. सं २०७७ कार्तिक १० गते  निधन भएको थियो । 
    IMG_8970.jpeg
    नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका संरक्षक जय आलेको संयोजकत्वमा अध्यक्ष नबराज पन्थी र उपाध्यक्ष एकराज मल्ल सदस्य रहेको माधव शाही स्मृति पुरस्कार छनोट समितिले सह - सचिव हरी बानियालाई पुरस्कारका लागि छनोट गरेको थियो । संयोजक आलेले नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको इतिहास र गतिविधि बारेमा प्रकाश पार्दै पुरस्कार घोषणा गरेका थिए । सह - सचिव हरी बानियालाई नगद ७५ कुवेती दिनार , प्रशंसा पत्र र दोसल्ला ओढाएर सम्मान सहित पुरस्कृत गरिएको थियो । सह - सचिब बानिया हिमाली संचार डटकमका प्रधान सम्पादक समेत हुन । उनले कुवेतमा कार्यरत रहेर पत्रकारितामा समेत सकृय रुपमा कमल चलाउदै आएका छन । स्व. माधव शाहीको कुवेतमा निधन भएपछि घर परिवारलाई राहत होस भन्ने हेतुले महासंघमा आबद्द पत्रकारले आर्थिक सङ्कलन गरेका थिए तर घर परिवारले उक्त सङ्कलन गरिएको रकम लिन अस्वीकार गरेपछि महासंघले स्व. माधव शाहीको सम्झनामा स्व माधव शाही स्मृति पत्रकारिता कोष खडा गरेको थियो । सोही कोषबाट कुवेतमा रहेर सकृय रुपमा पत्रकारिता गर्ने पत्रकारलाई प्रोत्साहन र हौसला स्वरुपमा पुरस्कृत गरिएको हो ।

    IMG_8973.jpeg
    कार्यक्रममा विभिन्न राजनीतिक दलका वैदेशिक भातृ सङ्गठनका प्रमुख, संघ संस्थाका प्रतिनिधि, एनआरएनए कुवेतका अध्यक्ष , आईइसी सदस्य, मध्यपूर्व उप-संयोजक लगायतले शुभकामना मन्तव्य दिएका थिए । शुभकामना मन्तव्य दिने क्रममा कुवेतमा अहिले नेपाली श्रमिकले राहदानी नविकरण गर्न अनलाईनबाट अपोइन्टमेन्ट लिन निकै जटिल रहेको र राहदानी नविकरण गर्न श्रमिकले निकै सास्ति भोग्नु परेको लगायत अन्य समस्याका बारेमा जोड दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि नेपाली दूतावास कुवेतकी कार्यवाहक  राजदूत सुजनी राणाले शुभकामना मन्तव्यका क्रममा मिडिया भनेको शक्तिशाली हो र आजको आवश्यकता भनेको सत्य र निष्पक्ष समाचार आउनु आवश्यक छ । दूतावास कुवेतले दैनिक ५० भन्दा बढी अनलाइन अपोइन्टमेन्ट खुला गरिएको छ । राहदानी नविकरण प्रकियालाई सहज बनाउन र अनलाईन अपोइन्टमेन्ट लिनका लागि निरन्तर खुला राख्नको लागि सम्बन्धित निकायमा बारम्बार पहल गरिरहेको बताएकी थिइन । स्व. माधव शाही स्मृति प्रवासी परोपकारी पुरस्कार स्थापना गरेकोमा बधाई दिँदै यो कार्य निरन्तर होस भनेर शुभकामना दिएकी थिइन । 

    IMG_8972.jpeg
    कार्यक्रमको मुख्य प्रायोजक बीईसी एक्सचेञ्ज कुबेतले गरेको थियो । कार्यक्रममा बीईसी एक्सचेन्ज कुवेत , ब्यानर सौजन्य हिमाली संसार मिडिया र विशेष सहयोगी  निरेम ट्राभल्स एण्ड टुर प्रा. लि. लाई सम्मान गरिएको थियो । एनआरएन एनसीसीका नव निर्वाचित अध्यक्ष रणध्वज लामा लाई सम्मान गरिएको थियो । कार्यक्रमको अन्तमा अध्यक्ष नवराज पन्थीले माधव शाही स्मृति प्रवासी परोपकारी पत्रकारिता पुरस्कारको बारेमा प्रष्ट पार्दै पत्रकारिता बारेमा छर्लङ्ग पार्दै कार्यक्रममा उपस्थित सबैलाई धन्यबाद दिदै कार्यक्रम समापन गरेका थिए । उक्त कार्यक्रमको संयोजक उपाध्यक्ष राज मल्ल थिए । कार्यक्रममा दिवा भोजको समेत व्यवस्था गरिएको थियो ।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology