Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

नेपाली दूतावास कुवेतमा राहदानी नवीकरण गर्न अनलाइन फारम भरे बापत बिचौलियाले लिने शुल्क कति ?

नेपाली दूतावास कुवेतमा राहदानी नवीकरण गर्न अनलाइन फारम भरे बापत बिचौलियाले लिने शुल्क कति ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १६, २०८० मंगलवार • ००:१९:०४ बजे
  • 1.9K
    SHARES
  • नेपाली दूतावास कुवेतमा राहदानी नवीकरण गर्न अनलाइन फारम भरे बापत बिचौलियाले लिने शुल्क कति ?

    कुवेत- पछिल्लो समय कुबेतमा निकै चर्चा र समस्याको जड राहदानी नवीकरण रहेको छ।नेपालमा रोजगारी नपाएपछि रोजगारीको लागि खाडी मुकल गन्तव्य स्थल बनेको छ । कुवेतको हकमा हेर्ने हो भने राहदानी नबिकरण गराउनको लागि युद्ध जित्नु जतिकै सावित भएको छ। पछिल्लो समय राहदानी नविकरण गर्नेको लागि अनलाइनमा केही समस्या आएको  छ भनेर दूतावासले स्वीकार गरेपनि समस्याको समाधान भने भएको छैन।

    images

    दैनिकरुपमा नेपाली दुतावास कुवेतमा पासपोर्ट नवीकरण गर्नेको भिड  देखिन्छ। राहदानी नवीकरणको लागि अनलाइन फारम भर्न हामीलाई सम्पर्क गर्नुहोस् भनेर सामाजिक सञ्जालमा थुप्रै सूचनाहरु देखिन्छ। केही सिमित व्यक्तिहरुले फ्रीमा सेवा दिएकाे पनि देखेकाे छौं।  तर नेपाली दूतावासको कुबेतको गेटैमा बसेर अनलाइन फारम भरे बापत् ५ के डि देखि १० के डी सम्म लिएकाे जनगुनासो आएपछि हामी स्थलगत निरिक्षण गर्न दुतावास पुग्यौं।

    दूतावास बाहिर गेटकै नजिक पुगेपछि एक दुई जना अपरिचित व्यक्तिलाई सोध्दा मेरो पासपोर्ट नविकरण गराउनु थियो। कसरी  भर्ने हाेला भनेर सोध्दा , एकजना अपरिचित व्यक्तिले भने सुरक्षा गार्ड बस्ने ठाउँ नजिकै टेबल छ। त्यहाँ गएर कुरा  गर्नु पासपोर्ट नबीकरण अनलाइन भरिदिने कुरा गरे । नभन्दै सेक्युरिटी गार्डको नजिकै एउटा टेबुल राखेर सेवा दिन बसेका रहेछन्।

    बाहिरको यो गतिविधि देखेपछि पैसा लेनदेन  हुने प्रष्ट देखियो । एक जना सङ ५ देखि १० केडी सम्म लिने रहेछन्। त्यसपछि एकजना पासपोर्ट नबीकरण गर्न आएका सेवाग्राहीलाई सोधेका थियौं। तपाइको अनलाइन फारम भर्नु भयो भनेर सोध्दा सेवाग्राहीले जवाफ दिए मेरो काम भयाे भनेर हतार हतारमा आफ्नो बाटो लागे ।

    के कुवेतमा भएको समाजसेवा यहि हो त ? एउटा अनलाइन फारम भर्दा समेत नेपालीहरुलाई ठग्ने अनि समाजसेवा रे यो कहिलेसम्म त ? यस्ता गतिविधि गर्नेलाई नेपाली दूतावास कुवेतले कारवाही नै गर्नुपर्ने हुन्छ। याे घटनाकाे बारेमा नेपाली दुताबास कुवेतका कार्यवाहक  राजदूत सुजनी रानालाई त्यतिखेर नै जानकारी गराईएको थियो । कार्यवाहक राजदूतले दूतावासको बाहिर यस्ता गतिविधि गर्न नदिने र पासपोर्ट नविकरण गर्न कुनै समस्या भए दूतावासको कर्मचारीसँग सिधै सम्पर्क गर्न अनुरोध समेत गरे ।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology