कुवेत - नेपाल कुवेत सरोकार समाजले चौथो अधिवेशन आगामी सेप्टेम्बर ८ मा गर्ने भएको छ ।
कुवेत नगरीमा सन् २०१४ मा 'समाज र देश निर्माणका लागि यूवा एकता' भन्ने मुल नाराका साथ स्थापना भएको सस्थाले चौथो अधिवेशन गर्न लागिएको प्रवक्ता शन्त लम्सालले जानकारी दिएका छन । कुवेतको नेपाली समाजमा स्थापना कालदेखी नै बिभिन्न सामाजिक कार्यमा सक्रिय छ ।
उक्त दिन हुने कार्यक्रममा कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ - संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थितिको लागि अनुरोध गर्दै उक्त दिन कुनै पनि संघ - संस्था वा व्यक्ति विषेशले कार्यक्रम नजुधाईदिन समेत आयोजकले अनुरोध गरेको छ ।
कार्यक्रमको विवरण :
मितिः ८ सेप्टेम्बर २०२३
स्थान: तय नभएको चाडै नै जानकारी गराउने
समयः बिहान ११ बजे देखी
आयोजक : नेपाल कुवेत सरोकार समाज