Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको चौथो अधिबेशन आगामी नोभेम्बर १० मा हुने

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको चौथो अधिबेशन आगामी नोभेम्बर १० मा हुने

चन्द्र गाेतामे

चन्द्र गाेतामे

श्रावण २१, २०८० आइतवार • २३:१७:०३ बजे
  • 4.8K
    SHARES
  • सुदूरपश्चिमेली नेपाली समाज कुवेतको चौथो अधिबेशन आगामी  नोभेम्बर १० मा हुने

    कुवेत - सुदूरपश्चिमेली नेपाली समाज कुवेतले चौथो अधिवेशन तथा वार्षिकोत्सव आगामी १० नोभेम्बर २०२३ मा गर्ने भएको छ । 

    images

    कुवेतको नेपाली समाजमा 'सुदूरपश्चिमेलीका लागि सुदूरपश्चिमेली' भन्ने मुल नाराका साथ सन २०१७ मा स्थापना भएको सस्थाले चौथो अधिबेशन तथा वार्षिक उत्सव आगामी १० नोभेम्बरमा गर्न लागिएको महासचिव गगन सिहँ बिष्टले जानकारी दिए  ।
     
    सुदूरपश्चिमका विभिन्न ठाउमा बाट बैदेशिक रोजगारिको शिलशिलामा कुवेत आएका सुदूरपश्चिमेलीहरुलाई  एकताको शुत्रमा आवद्द गर्दै, स्थापना कालदेखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा सक्रिय रहदै आएको छ ।

    उक्त दिन हुने कार्यक्रममा कुवेतमा क्रियाशील बिभिन्न संघ-संस्था समाजसेवी, बुद्धिजिवी, राजनीतिज्ञ, पत्रकार, खेलाडी र कलाकारहरुलाई कार्यक्रममा उपस्थिति को लागि  अनुरोध गरेको छ । साथै उक्त दिन कुनै पनि कार्यक्रम नजुधाई दिनहुन सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई आयोजकले अनुरोध समेत गरेको छ। 

     कार्यक्रमको विवरण : 
     मिति: १० नोभेम्बर २०२३
     समय: बिहानको ११ बजे 
     स्थान : तय नभएको (खोजीमा)
    आयोजक : सुदूरपश्चिमेली नेपाली समाज  कुवेत

  • सम्बन्धित विषय:

  • # प्रवास
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology