Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कुवेतमा मृत्यु भएकी दुर्गी कुमारीको शव एनआरएनएको पहलमा स्वदेश ल्याइँदै

कुवेतमा मृत्यु भएकी दुर्गी कुमारीको शव एनआरएनएको पहलमा स्वदेश ल्याइँदै

चन्द्र गाेतामे

चन्द्र गाेतामे

श्रावण २२, २०८० सोमवार • २०:४६:४६ बजे
  • 7.9K
    SHARES
  • कुवेतमा मृत्यु भएकी दुर्गी कुमारीको शव एनआरएनएको पहलमा स्वदेश ल्याइँदै

    कुवेत - वैदेशिक रोजगारीको लागि घरेलु कामदारको रुपमा कुवेत पुगेकी दाङकी दुर्गी कुमारी खत्रीको शव गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतको पहलमा स्वदेश ल्याइँदै छ । 

    images

    मृतक सन् २०१४ देखी मालिकको घरबाट भागेर अवैधानिक हैसियतमा लुकीछिपी कुवेतमा बसोबास गर्दै आएकी थिइन । करिव दुई महिना पहिले उनको स्वास्थ्यमा समस्या देखिए पनि गत जुन महिनाको २२ तरिकका दिन निधन भएको थियो । मृतकले  श्रम नगरि कुवेत आएको कारण उनको शव पठाउन नेपाल सरकारले पहल नगरेको कारण करिव डेढ महिनादेखी  शव अस्पतालमा नै अलपत्र परेको थियो । 

    नेपाली दूतावास कुवेतले शव अलपत्र परेको गैर आवासीय नेपाली संघ कुवेतलाइ खबर गरेको थियो । गैर आवासीय नेपाली संघ (NRNA) कुवेतकै पहलमा अन्य १० ओटा कृयाशिल संघ संस्थाहरुले आर्थिक जुटाएर नेपाल पठाउने भएको छ । गैर आवासीय नेपाली संघ ५१ केडि, वैदेशिक रोजगार सरोकार समाज ५१ केडि , तीन किराँती संस्था किरात राई यायोक्खा, किरात यक्थुङ चुम्लुङ र सुनुवार सेवा समाज ५१ केडि, कल्याणकारी नेपालि युवा समाज २५ केडि, सुदुर पश्चिम सेवा समाज २५ केडि, सिन्धुपाल्चोक सेवा समाज ५० केडि, निरेम ग्रुप २५ केडि, नेपाल तामाङ घेदुङ ३२ केडि, लुम्विनी समाज २५, चितवन सेवा समाज २५ केडि र NRNA का उपाध्यक्ष बिकास सिंह ठकुरिले व्यक्तिगत रुपमा २५ केडि संकलन गरि हिजो गैर आवासीय नेपाली संघ कुवेतका अध्यक्ष रणध्वोज लामा, वरिष्ठ उपाध्यक्ष होमनाथ गिरि र सचिव विजय धामिले नेपाली दूतावासलाइ शव पठाउन लाग्ने ३८५ केडि रकम हस्तान्तरण गरेको एनआरएनए कुवेतले बताएको छ ।

    करिव ८ बर्ष देखि नेपाल सरकारले कुवेत तथा खाडी मुलुकमा नेपालीहरुलाई घरेलु कामदारको रुपमा जान बन्द गरिएको छ। नेपाल सरकारको श्रम तथा रोजगार ऐन अनुसार श्रम नगरी वैदेशिक रोजगारिमा जानू गैरकानूनी हुने र त्यस्ता कामदारले नेपाल सरकारबाट कुनै पनि सेवा सुविधा नपाउने उल्लेख छ । श्रम गरेर कुवेत तथा अन्य मुलुकमा पुगेका नेपालीहरुको आत्महत्या बाहेक अन्य कुनै कारण मृत्यु भएमा वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले शव नेपाल झिकाउने तथा मृतक परिवारलाई क्षतिपूर्ति  स्वरुप इन्सुरेन्स दिलाउँदै आएको छ । 

     मृतक दुर्गी कुमारी खत्रीको सन्दर्भमा पनि श्रम नगरी गैरकानूनी रुपमा कुवेत आएको र मृत्यु भएको कारण उनको शव अलपत्र परेको थियो । उनको परिवारले नेपाल सरकार तथा वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड्को सचिवालयबाट कुनै पनि किसिमको क्षतिपूर्ति  वा इन्सुरेन्स पाउने छैन ।  मृतकको  शव केही दिनभित्र नै नेपाल आईपुग्ने गैर आवासीय नेपाली संघ कुवेतका अध्यक्ष रणध्वोज लामाले बताएका छन ।

    चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology