Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपाल कुवेत सरोकार समाजको चौथो अधिवेशनको मिति सर्यो, सेप्टेम्बर २२ मा हुने तयारी

नेपाल कुवेत सरोकार समाजको चौथो अधिवेशनको मिति सर्यो, सेप्टेम्बर २२ मा हुने तयारी

चन्द्र गाेतामे

चन्द्र गाेतामे

श्रावण ३०, २०८० मंगलवार • ०१:०२:०८ बजे
  • 1.4K
    SHARES
  • नेपाल कुवेत सरोकार समाजको चौथो अधिवेशनको मिति सर्यो, सेप्टेम्बर २२ मा हुने तयारी

     

    images

    कुवेत - नेपाल कुवेत सरोकार समाजको चौथो अधिवेशन आगामी सेप्टेम्बर ८ मा नहुने भएको छ । समाजले विविध कारणले गर्दा आगामी २२ सेप्टेम्बरमा अधिवेशन गर्ने तयारी भएको  महासचिव दामोदर बटलाले  बताएका छन ।

    कुवेत नगरीमा सन् २०१४  मा 'समाज र देश निर्माणका लागि यूवा एकता' भन्ने मुल नाराका साथ स्थापना भएको सस्थाले  कुवेतको जिलिपस्थित रिदम अडिटोरिम हलमा चौथो अधिवेशन गर्न लागेको हो । कुवेतको नेपाली समाजमा स्थापना  कालदेखी नै बिभिन्न सामाजिक कार्यमा सक्रिय छ । समाजले अक्टोबर महिनामा दशैं-तिहार धमाका नेपालबाट अतिथि कलाकार ल्याएर साङ्गीतिक कार्यक्रम गर्ने महासचिव दामोदर बटलाले  बताए । 

    उक्त दिन हुने कार्यक्रममा कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ - संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थितिको लागि अनुरोध गर्दै उक्त दिन कुनै पनि संघ - संस्था वा व्यक्ति विषेशले कार्यक्रम नजुधाईदिन समेत आयोजकले अनुरोध गरेको छ ।
     
    कार्यक्रमको विवरण :
    मितिः २२ सेप्टेम्बर २०२३ 
    स्थान: Rhythm Auditorium Abbassiya
    समयः बिहान ११ बजे देखी 
    आयोजक : नेपाल कुवेत सरोकार समाज

  • सम्बन्धित विषय:

  • # प्रवास
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology