Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना भाइरसपछि

चीनबाट अर्को भाइरस फैलने खतरा

चीनबाट अर्को भाइरस फैलने खतरा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १४, २०७७ बुधवार • १४:२७:३५ बजे
  • 1.9K
    SHARES
  • चीनबाट अर्को भाइरस फैलने खतरा

    एजेन्सी । पूरै विश्व कोरोना भाइरसको महामारीमा रुमल्लिएको अवस्था छ । यसैबीच अब अर्को भाइरस फैलने खतरा बढ्न थालेको छ । उक्त नयाँ भाइरसको नाम क्याट क्यु भाइरस (सिक्युभी) हो र यो चीनमा द्रुत गतिमा फैलँदै गरेको छ ।

    क्याट क्यु भाइरस आथ्रोपड भाइरसको वर्ग अन्तर्गत पर्दछ । यो सुँगुर र क्युलेक्स लामखुट्टेमा भेटिन्छ । अहिले यो भाइरस चीन र भियतनाममा बढी पाइएको छ । क्याट क्यु भाइरस शरीरमा छिटो फैलिन्छ, जसबाट उच्च ज्वरो र मेनिन्जाइटिस पनि हुन सक्छ ।

    images


    क्याट क्यु भाइरसको सम्बन्धमा भारतमा समेत अध्ययन भएको छ । भारतीय चिकित्सा अनुसन्धान परिषद् (आइसिएमआर) ले यस सम्बन्धमा चेतावनी पनि जारी गरेको छ ।

    नेशनल इन्ष्टिच्युट अफ भाइरोलजीको वैज्ञानिकहरूले यस भाइरसको प्रकृति बुझ्न एक अध्ययन गरेका छन् । आणविक र सेरोलोजिकल अनुसन्धानका लागि वैज्ञानिकहरूले मानव, तीन किसिमको लामखुट्टे र सुँगुरहरूका नमूनाहरू परीक्षण गरे ।

     

    अनुसन्धानमा वैज्ञानिकहरूले भाइरसविरूद्ध एन्टिबडीहरू ८८३ मानव सीरम नमूनाहरु मध्ये दुई जनामा ​​पत्ता लागेका छन् । यसले देखाउँदछ कि ती दुबै व्यक्तिहरू पहिले क्याट क्यु भाइरसबाट संक्रमित भएका थिए । वैज्ञानिकहरूले भनेका छन् कि लामखुट्टेले भारतका केही क्षेत्रमा क्याट क्यू भाइरस फैलाउन सक्छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology